१२ असार २०८१ बुधबार
image/svg+xml
अर्थ

पिपुल्स हाइड्रोपावरको आइपिओ बिक्री खुला

पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयरको निष्काशन तथा बिक्री खुला गरेको छ। कम्पनीले आजदेखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्काशन (आइपिओ)को बिक्री खुला गरेको हो।

कम्पनीले यसअघि आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि छुट्टाइएको शेयर बाँडफाँट गरी बिक्री नभएका आठ लाख छ हजार तीन सय ९० सहित कूल ५६ लाख छ हजार तीन सय ९० कित्ता साधारण शेयर प्रतिशेयर एक सय  रुपैयाँ अंकित दरमा निष्काशन गर्न लागेको हो।

सार्वजनिक आह्वान पत्रानुसार निष्कासित शेयरमध्ये एक लाख ६८ हजार एक सय ९० कित्ता शेयर कम्पनीमा कार्यरत कर्मचारी र दुई लाख ८० हजार तीन सय २० कित्ता शेयर सामूहिक लगानी कोषलाई बाँडफाँट गरी बाँकी रहने ५१ लाख ५७ हजार आठ सय ८० कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिन सकिने उल्लेख छ।

सर्वसाधारणलाई बिक्री गरिने शेयरमा लगानीकर्ताले यही कात्तिक २९ गतेसम्म र सो अवधिमा मागबमोजिम आवेदन नपरे आगामी मंसिर ९ सम्म न्यूनतम १० कित्तादेखि अधिकतम एक लाख कित्ता शेयर खरिदका लागि आवेदन दिन पाइने छ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट आस्वा प्रणालीमार्फत तथा मेरो शेयरको वेबसाइट र मोबाइल एपमार्फत् आवेदन दिन सकिनेछ।

कम्पनीले लमजुङको दोर्दी गाउँपालिकाको दोर्दी, पुर्मु र चुर्मु खोलाको बहाव प्रयोग गरेर ५४ मेगावाट क्षमताको सुपर दोर्दी जलविद्युत् ‘ख’ आयोजना निर्माण गरिरहेको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ। कम्पनीलाई केयर रेटिङ नेपालले ‘केयरनपी–बीबी आइएस’ ग्रेडिङ प्रदान गरेको छ।

प्रकाशित: २५ कार्तिक २०७९ ०५:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App