नेपाल विद्युत् प्राधिकरणले नपलपरासी (बर्दघाट सुस्ता पश्चिम)को प्रतापपुरगाउँपालिका–७ सूर्यपुरास्थित गण्डक जलविद्युत् केन्द्रको स्वामित्वको खाली जग्गामा करिब ६ मेगावाट जडित क्षमताको सौर्य विद्युत् आयोजना निर्माण गर्ने भएको छ।
केन्द्रको स्वामित्वमा रहेको करिब ३४ बिघा जग्गामध्ये ९.७ बिघा जग्गामा सौर्य विद्युत् आयोजना निर्माण गरिनेछ। गण्डकसहित लमजुङस्थित मध्यमस्र्याङ्दी रसुर्खेतस्थित झुप्राखोला साना जलविद्युत् केन्द्रको स्वामित्वको जग्गा गरी करिब ९ मेगावाटको सौर्य विद्युत् आयोजना निर्माण गरिनेछ। आयोजनाको अनुमानित लागत १ करोड १५ लाख युरो रहेको छ। आयोजना निर्माणका लागि जर्मन सरकारद्वारा केएफडब्लु विकास बैंकमार्फत ६० लाख युरो अनुदान रकम प्राप्त हुनेछ। अपुग रकम नेपाल सरकाररप्राधिकरणले बेहोर्नेछन्।
प्रकाशित: २४ कार्तिक २०७९ ०१:१८ बिहीबार