२५ असार २०८१ मंगलबार
image/svg+xml
अर्थ

नेसनल लाइफ इन्स्योरेन्सको लिडर्स नाइट कार्यक्रम सम्पन्न

नेसनल लाइफ इन्स्योरेन्सले आफ्ना अभिकर्ताहरूका लागि ‘लिडर्स नाइट विथ पारस खड्का’ कार्यक्रम सम्पन्न गरेको छ।  

कम्पनीमा कार्यरत अभिकर्ताहरूका लागि २०७९ साउनमा सञ्चालन गरेको अभिकर्ता योजनाअन्तर्गत लक्ष्य पूरा गर्न तथा कम्पनीका ब्रान्ड एम्बेसडर राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्कासँग साक्षात्कार गराउने उद्देश्यले सम्पन्न गरिएको जनाएको छ।  

कार्यक्रममा देशैभरिबाट उत्कृष्ट व्यवसाय गरी योजनामा छनोट भएका करिब सय अभिकर्ताकहरूको सहभागिता थियो।

कार्यक्रमका प्रमुख अतिथि एवं कम्पनीका ब्रान्ड एम्बेसडर पारस खड्काले नेपाली क्रिकेट टिमलाई यो स्थानमा ल्याइपु¥याउन आफ्नो तर्फबाट गर्नुभएको मेहनत र संघर्ष साथै राष्ट्रिय टिमको नेतृत्व लिएपछि बहन गरेको जिम्मेवारीका बारेमा आफ्नो अनुभव जानकारी गराएका थिए।

प्रकाशित: २३ कार्तिक २०७९ ०३:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App