२३ असार २०८१ आइतबार
image/svg+xml
अर्थ

आज नेप्से परिसूचक २.५७ अंकले घट्यो

मंगलबार नेप्से परिसूचक सामान्य अंकले घटेको छ। मंगलबार नेप्से परिसूचक २.५७ अंक घटेर १९५६.३६ बिन्दुमा झरेको हो।

त्यस्तै, सेन्सेटिभ इण्डेक्स १.१२ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.३० अंकले र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५३ अंकले घटेको छ। मंगलबार कारोबारमा आएका २२६ कम्पनीको २७ लाख ७३ हजार कित्ता शेयर १ अर्ब ५ करोड ३१ लाख ३७ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ।

सोमबारको तुलनामा मंगलबार नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन २ अर्बभन्दा बढीको शेयर कारोबार भएको थियो। १३ उपसमूहमध्ये ४ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ९ उपसमूहको परिसूचक घटेको छ। जसमा जीवन बीमा उपसमूहको परिसूचक सबैभन्दा बढी १.०३ प्रतिशत बढेको छ।

त्यस्तै, अन्य उपसमूहको परिसूचक करिब १ प्रतिशत बढेको छ भने निर्जीवन बीमा र वित्त उपसमूहको परिसूचक सामान्य बढेको छ। तर, व्यापार उपसमूहको परिसूचक भने १.५६ प्रतिशत घटेको छ। मंगलबार नेप्से परिसूचक सामान्य अंकले घटेपनि लाइफ इन्स्योरेन्स कर्पोरेशनको शेयरमूल्य ४.२२ प्रतिशत बढेको छ।

त्यस्तै, गुराँस लघुवित्तको शेयरमूल्य ४ प्रतिशतभन्दा बढी बढेको छ भने नेपाल पुनर्बीमा कम्पनीको शेयरमूल्य साढे ३ प्रतिशतभन्दा बढी बढेको छ। तर यता कालिका लघुवित्तको शेयरमूल्य ५.७७ प्रतिशत घटेको छ भने मन्दाकिनी हाइड्रोपावर ४ प्रतिशतभन्दा बढी घटेको छ। आज शिवम सिमेन्ट्सको ८ करोड ५७ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।

प्रकाशित: २२ कार्तिक २०७९ ११:१७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App