१६ जेष्ठ २०८१ बुधबार
image/svg+xml
अर्थ

आयल निगमले आइओसीलाई २९ अर्ब तिर्न बाँकी

नेपाल आयल निगम लामो समयदेखि घाटामा जाँदा इन्डियन आयल कर्पोरेसन(आइओसी)लाई  २९ अर्ब रुपैयाँ बक्यौता तिर्न बाँकी रहेको जनाएको छ। अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य वृद्धिको कारण निगमले घाटा व्यहोर्दा आइओसीलाई इन्धन खरिद गरेको रकम भुक्तानी गर्न नसकेको हो।  

आइओसीले पछिल्लो पटक पठाएको मूल्य अनुसार निगमलाई १५ दिनमा करिव १८ करोड रुपैयाँ नाफा भए पछि आइओसी २९ अर्ब ११ करोड रुपैयाँ बक्यौता तिर्न बाँकी रहेकाले मूल्य घटाउन नसकेको निगमले जनाएको छ।

निगमका अनुसार आइओसीबाट पेट्रोल प्रतिलिटर ६१ पैसा, डिजेल ५ रुपैयाँ ७६ पैसा, मट्टितेल ४ रुपैयाँ १ पैसा र हवाई इन्धन ४ रुपैयाँ ७७ पैसा बढेर आएको छ। नयाँ मूल्यसूची अनुसार निगमलाई डिजेलमा प्रतिलिटर १२ रुपैयाँ १४ पैसा र खाना पकाउने एलपी ग्यासमा सिलिन्डरमा १ सय २८ रुपैयाँ ८४ पैसा घाटा रहेको छ। पेट्रोल, मट्टितेल र हवाई इन्धनमा भने नाफा रहेको छ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य पुनः बढ्दो क्रममा रहेको तथा डलरसँग नेपाली मुद्राको विनिमय कमजोर भएकाले हाललाई इन्धनको मूल्य घटाउन नसकिने निगमले  जनाएको छ। अहिले पेट्रोल मूल्य प्रतिलिटर १८१, डिजेल र मट्टितेल प्रतिलिटर १७८ रुपैयाँ रहेको छ। निगमको वाध्यात्मक परिस्थितिको कारण  पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य यथावत राखिएको निगमले जनाएको छ।  

प्रकाशित: १७ कार्तिक २०७९ १४:१२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App