coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

सिटिजन्स बैंकको १६ औं वार्षिक साधारणसभा सम्पन्न

सिटिजन्स बैंकले १६ औं वार्षिक साधारण सभाद्वारा ९ प्रतिशत नगद लाभांश पारित गरेको छ। यस्तै सभाले बैंकको लेखा परीक्षकको प्रतिवेदन सहित २०७९ असार मसान्तको एनएफआरएस बमोजिम तयार गरिएको वासलात, आव २०७८/७९ को नाफा नोक्सानीको हिसाब र नगद प्रवाह विवरण लगायतका एकीकृत वित्तीय विवरणहरू छलफल गरी स्वीकृत गरेको छ।

त्यसैगरी साधारणसभाले गत आर्थिक वर्ष २०७८/७९ को वितरण योग्य मुनाफाबाट २०७९ असार मसान्तको चुक्ता पुँजी १४,२००,९७४,००६ रूपैयाँको ९ प्रतिशतका दरले हुन आउने १ अर्ब २७ करोड ८० लाख बराबरको नगद लाभांश दिने प्रस्ताव सर्वसम्मतिबाट पारित गरेको छ। यससँगै सिटिजन्स बैंक आ.व. २०७८/७९ को लाभांश पारित गर्ने पहिलो बैंक बनेको छ ।

प्रकाशित: ६ कार्तिक २०७९ ०२:१२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App