२९ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

घट्यो सुनको मूल्य, चाँदीको स्थिर

फाइल तस्बिर।

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोलाछ सयले घटेर ९२ हजार पाँच सय रूपैयाँ तोकिएको छ। सुन अघिल्लो दिन प्रतितोला ९३ हजार एक सय रूपैयाँमा कारोबार भएको थियो।  

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार रूपैयाँ छ। यसको मूल्य अघिल्लो दिन प्रतितोला ९२ हजार छ सय रूपैयाँ थियो।  

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला एक हजार एक सय ७० रूपैयाँ कायम रहेको महासङ्घले जनाएको छ।

प्रकाशित: ४ कार्तिक २०७९ ०७:४४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App