१७ असार २०८१ सोमबार
image/svg+xml
अर्थ

नेप्से परिसूचक १२.८१ अंकले घट्यो

नेप्से परिसूचक निरन्तर तेस्रो दिन पनि ओरालो लागेको छ।

साताको पहिलो कारोबार दिनदेखि ओरालो लागेको नेप्से बुधबार नेप्से परिसूचक १२.८१ अंक घटेर १८४५.५१ बिन्दुमा झरेको छ। त्यसैगरी,सेन्सेटिभ इण्डेक्स २.६६ अंक, फ्लोट इण्डेक्स ०.६५ अंक र सेन्सेटिभ इण्डेक्स ०.९३ अंकले घटेको छ।

बुधबार कारोबारमा आएका २१६ कम्पनीको २१ लाख ५१ हजार कित्ता शेयर ६४ करोड ३६ लाख ७ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ।

नेप्सेका १३ उपसमूहमध्ये २ उपसमूहको परिसूचक बढेको छ भने बाँकी उपसमूहको परिसूचक घटेको छ। जसमा होटल तथा पर्यटन उपसमूहको परिसूचक १.५६ प्रतिशत बढेको छ भने म्युचुअल फण्डको ०.१८ प्रतिशत बढेको छ। यता वित्त उपसमूहको परिसूचक २.५४ प्रतिशत घटेको छ।

बुधबार ३ वटा कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। जसमा अभियान लघुवित्त वित्तीय संस्था, सयपत्री हाइड्रोपावर र सिटिजन्स म्युचुअल फण्ड २ को सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यस्तै, अपर हेवाखोलाको शेयरमूल्य साढे ७ प्रतिशतभन्दा बढी बढेको छ। तर यता, पिपुल्स पावरको शेयरमूल्य करिब साढे ७ प्रतिशत घटेको छ। बुधबार सोल्टी होटलको शेयर कारोबार ३ करोड ७२ लाख १२ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

प्रकाशित: २ कार्तिक २०७९ ११:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App