२३ असार २०८१ आइतबार
image/svg+xml
अर्थ

नेप्से परिसूचक २.६१ अंकले गिरावट

साताको दोस्रो कारोबारको दिन सोमबार नेप्से परिसूचकमा गिरावट आएको छ।

सोमबार नेप्से परिसूचक २.६१ अंक घटेर १८५८.३३ बिन्दुमा झरेको हो। त्यस्तै, सेन्सेटिभ इण्डेक्स ०.२० अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.१८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.०१ अंकले घटेको छ।

सोमबार कारोबारमा आएका २१९ कम्पनीको १६ लाख ३१ हजार कित्ता शेयर ५१ करोड ५८ लाख १८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। आइतबारको तुलनामा सोमबार कारोबार रकम समेत घटेको छ। आइतबार ८० करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको थियो।

नेप्सेका १३ उपसमूहमध्ये ६ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ७ उपसमूहको परिसूचक घटेको छ। जसमा बैंक, होटल तथा पर्यटन, म्युचुअल फण्ड, निर्जीवन बीमा, अन्य र व्यापार उपसमूहको परिसूचक बढेको छ भने बाँकी उपसमूहको परिसूचक घटेको छ।

सोमबार नेप्से परिसूचक घटेपनि दुई कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। जसमा अभियान लघुवित्त वित्तीय संस्था र सयपत्री हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।

त्यस्तै आइतबारबाट कारोबारमा आएको  पिपुल्स पावर कम्पनीको शेयर मूल्य ९.९७ प्रतिशत घटेको छ। आज नबिल बैंकले २ करोड ७९ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, प्रभु बैंकको २ करोड ६१ लाखको शेयर खरिदबिक्री भएको छ।

प्रकाशित: ३१ आश्विन २०७९ ११:२१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App