५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
अर्थ

नेपाल ल्यूव आयलको ३१ औं वार्षिक साधारण सभा सम्पन्न

नेपाल ल्यूब आयलको ३१ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ।

अस्थिर आर्थिक अवस्थाका बाबजुद कम्पनीले वर्षैपिच्छे स्थिर वृद्धि कायम गर्नुको साथै उच्च लाभांश पारित गरेको छ। साधारण सभामार्फत शेयर धनीहरूलाई ३० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।

बैठकलाई सम्बोधन गर्दै अध्यक्ष अरूणकुमार चौधरीले नेपाल ल्युब आयलले अघिल्लो वर्षजस्तै यस कठिन आर्थिक अवस्थामा पनि निरन्तर वृद्धि कायम राखेको बताए। उनले व्यवस्थापन र अन्य टोली सदस्यहरू कम्पनीको विकासको लागि प्रतिबद्ध भएको जनाउँदै शेयरधनीहरूले देखाएको विश्वासलाई कहिल्यै निराश नपार्ने दाबी गरे।

नेपाल ल्युब आयलले गल्फ आयल इन्टरनेसनलको प्रत्यक्ष निगरानीमा नेपालमै गल्फ लुब्रिकेन्ट उत्पादन गर्नुका साथै बिक्री/वितरण समेत गर्दछ।

प्रकाशित: ३१ आश्विन २०७९ ०३:४८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App