१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

सिद्धार्थ बैंकद्वारा कोसी अस्पताललाई मेसिन हस्तान्तरण

सिद्धार्थ बैंकले विराटनगरस्थित कोशी अस्पताललाई ३ थान हेमोडायलाइसीस मेसिन हस्तान्तरण गरेको छ। बैंकका सञ्चालक समितिका सदस्य नरेन्द्रकुमार अग्रवालले सो मेसिन कोसी अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा. लक्ष्मीनारायण यादवलाई हस्तान्तरण गरेका हुन्।

बैंकले उक्त हेमोडायलाइसिस मेसिन मिर्गौला रोग भएका व्यक्तिहरूलाई डायलाइसीस सेवा प्रदान गर्न मदत पुग्ने विश्वास लिएको छ। यस्तै अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा. लक्ष्मीनारायण यादवले अस्पतालमा हेमोडायलाइसिस मेसिनको अधिकतम उपयोग गरिने प्रतिवद्धता व्यक्त गरे।

बैंक सञ्चालक श्री नरेन्द्रकुमार अग्रवालले बैंकले विभिन्न सामाजिक कार्यहरूमा सहभागिता जनाउंदै आएकोमा आगामी दिनहरूमा पनि यस्ता सामाजिक कार्यहरूलाई सधैँ आफ्नो उच्च प्राथमिकतामा राखी निरन्तरता दिँदै जाने बताए।

प्रकाशित: ३० आश्विन २०७९ ०३:४३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App