१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

कवादी खोलामा साढे तीन करोडमा पक्की पुल

दशैंका लागि तनहुँमा साढे दुई करोडको खसीबोका बिक्री

फाइल तस्बिर।

तनहुँको व्यास नगरपालिका–९ हुँदै भानुका विभिन्न ठाउँ जाने सर्वसाधारणलाई बर्खामा कवादी खोला तर्न समस्या थियो। हिउँदमा सामान्य रहे पनि बर्खामा कवादी खोलाले रुप परिवर्तन गथ्र्यो।

संघीय सरकारको भौतिक पूर्वाधार मन्त्रालयमार्फत कवादीखोलामा पक्की पुल निर्माण भएपछि यस भेगका जनतालाई राहत हुने भएको छ। विसं २०७३ माघमा ठेक्का सुरु भइ अलपत्र बनेको पक्की पुल केही दिनअघि मात्रै सम्पन्न भएको हो।

विसं २०७३ देखि अलपत्र परेको उक्त पुल तनहुँ क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि कृष्णकुमार श्रेष्ठको सक्रियतामा सम्पन्न भएको हो। उक्त पुलको ठेक्का हिरा एन्ड नमिता कन्स्ट्रक्सनले पाएको थियो। ३१.५ मिटर लम्बाइ र ८.५ मिटर चौडाइ रहेको पुल तीन करोड ५६ लाख रुपैयाँको लागतमा सम्पन्न भएको हो।

'अलपत्र पुलको काम सम्पन्न गर्न २०७८ साल माघदेखि म आफैं फिल्डमा खटिएको थियो, काम सम्पन्न गराउन पाउँदा खुसी लागेको छ,' पूर्व श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीसमेत रहेका श्रेष्ठका स्वकीय सचिव जगत खड्काले भने। पुल अलपत्र हुँदा यस भेगका जनताले पटक–पटक श्रेष्ठको ध्यानाकर्षण गराएका थिए।

यस्तै प्रदेश सरकारअन्तर्गत पूर्वाधार विकास कार्यालय तनहुँमार्फत चारवटा पक्की पुल निर्माण सम्पन्न भएको छ। आव ०७८/७९ मा १६ करोड रुपैयाँको लागतमा चारवटा पक्की पुल निर्माण सम्पन्न भएका हुन्। विभिन्न मितिमा निर्माण सुरु भएका उक्त पुल आर्थिक वर्ष ०७८/७९ मा निर्माण सम्पन्न भएको कार्यालयले जनाएको छ।

कार्यालयले रिस्तीखोला मोटरेबल पुल सोतीबेँसी, बुडुवाखोला मोटरेबल पुल, फेदीखोला मोटरेबल पुल र रिस्तीखोला मोटरेबल पुल बगुवा निर्माण सम्पन्न गरेको कार्यालयका सूचना अधिकारी एवं धनमाया मिश्रले जानकारी दिए।

फेदीखोला मोटरेबल पुल चार करोड २८ लाख ३२ हजार रुपैयाँ, बुडुवा खोला पुल दुई करोड नौ लाख रुपैयाँ, रिस्ती बगुवाखोला पुल चार करोड २५ लाख रुपैयाँ र रिस्ती सोतीबेँसीको पुल चार करोड ७१ लाख ३६ हजार रुपैयाँको लागतमा सम्पन्न भएको हो। फेदी खोलामा २५ मिटर, बुडुवा खोलामा १९ दशमलव ८ मिटर, रिस्ती बगुवा ५२ मिटर र सोतीबेँसीमा ४१ मिटर लामो स्पान टाइपको मोटरेबल पुल निर्माण भएको मिश्रले जानकारी दिए।

उक्त आर्थिक वर्षमा सातवटा पुल सम्पन्न गर्ने लक्ष्य राखिए पनि जेठ र असारमा वर्षाका कारण काम गर्न कठिनाइ भएपछि तीनवटा पुल निर्माण सम्पन्न हुन नसकेको उनले बताए। 'सातवटा पुल सम्पन्न हुन्छ भन्ने लक्ष्य थियो, तर तीनवटा पुलको काममा ढिलाइ भयो, चारवटा मात्रै सम्पन्न भएको छ', उनले भने। करिब एघार करोड रुपैयाँको लागतमा निर्माण कार्य सम्पन्न हुने तीन पुलहरु अन्तिम चरणमा पुगेको छ।

ज्वालाखोला मोटरेबल पुल तीन करोड २१ लाख रुपैयाँ, द्रोपद खोला मोटरेबल पुल तीन करोड ८३ लाख रुपैयाँ र बरखोला पुल तीन करोड ३६ लाख रुपैयाँको लागतमा निर्माण भइरहेको कार्यालयले जनाएको छ।

दशैंका लागि तनहुँमा साढे दुई करोडको खसीबोका बिक्री

तनहुँको घिरिङ गाउँपालिकास्थित घिरिङ सुन्धारा सामाजिक उद्यमी महिला सहकारीमा आबद्ध धना थापाले यो दशैंमा मात्र खसी बेचेर एक लाखभन्दा आम्दानी गरिन्। उनले दशैंका लागि चार वटा खसी बिक्री गरेका थिए। बाख्रापालन मुख्य पेसा अङ्गालेकी उनले बाख्रापालनबाट मनग्य आम्दानी गर्दै आएकी छिन्। 'खसी बेचेर दशैं मनाउने तयारीमा छु,' उनले भनिन्।

भगवतीपुर सामाजिक उद्यमी महिला सहकारी संस्थामा आबद्ध कमला आलेले पनि दशैंका बेला एक लाखभन्दा बढीको खसी बिक्री गर्नुभयो । गाउँबाटै खसी बिक्री हुँदा बजार खोज्दै हिँड्नुनपरेको उनले सुनाइन्।

भिमादस्थित अतिप्रिय सामाजिक उद्यमी महिला सहकारीमा आबद्ध श्रीमाया आले वार्षिक रुपमा १० लाख रुपैयाँभन्दा बढीको खसीबोका बिक्री गर्छिन्। यी त केही उदाहरण मात्र हुन्। यस वर्षको दशैंमा खसीबोका बिक्री गरेर तनहुँका महिलाहरुले साढे दुई करोड रुपैयाँभन्दा बढी आम्दानी गरेका छन्।

तनहुँमा महिलाले मात्र सञ्चालन गरेका सहकारीमार्फत यस वर्षको दशैंमा दुई करोड ५३ लाख २० हजार तीन सय २७ रुपैयाँ बराबरको खसीबोका बिक्री भएको छ। गत भदौ २७ देखि असोज ९ गतेसम्मको अवधिमा यहाँका १० सहकारीमार्फत खसीबोका बिक्री भएको हो।

सहकारीले नै बजारीकरण गरिदिएपछि बाख्रापालक कृषकलाई सहज भएको छ। खसीबोका किन्न व्यापारी गाउँसम्मै पुग्ने गरेका थिए। हेफर नेपालको साझेदारीमा नेपाल एकीकृत ग्रामीण विकास केन्द्र तनहुँले सञ्चालन गरेको ‘पशुवस्तुको मूल्यशृङ्खलामा आधारित साना किसानको सस्था सवलीकरण परियोजना’ अन्तर्गत १० सहकारीले कृषकले पालेका खसीबोका बिक्रीका लागि बजारीकरण गर्दै आएको हेफर इन्टरनेशनल नेपालका कार्यक्रम अधिकृत सन्त भट्टराईले जानकारी दिए।

यसअवधिमा तीन चरणमा गरी खसीबोका बिक्री भएको छ। भदौ २७ गते एक करोड १८ लाख ९० हजार तीन सय २६ रुपैयाँ, भदौ २७ देखि असोज २ गतेसम्म ६१ लाख ७१ हजार एक सय २८ रुपैयाँ र असोज ३ देखि ९ गतेसम्म ७२ लाख ५८ हजार आठ सय ७३ रुपैयाँ बराबरको खसीबोका बिक्री भएको छ।

घिरिङसुन्धारा सामाजिक उद्यमी महिला सहकारी संस्थामार्फत ३० लाख ५४ हजार दुई सय ७१ रुपैयाँ, भगवतीपुर सामाजिक उद्यमी महिला सहकारीमार्फत ४४ लाख ९८ हजार छ सय ५४ रुपैयाँ, माझकोटस्थित माझकोट महिला विकास बहुउद्देश्यीय सहकारी संस्थामार्फत ३९ लाख आठ हजार आठ सय २९ रुपैयाँ, अरुणोदय सामाजिक उद्यमी महिला सहकारीमार्फत २० लाख १९ हजार सात सय २४ रुपैयाँ बराबरको खसीबोका बिक्री भएको छ।

अतिप्रिय सामाजिक उद्यमी महिला सहकारी संस्थामार्फत २२ लाख ९२ हजार छ सय ७६ रुपैयाँ, दिदीबहिनी कृषि सहकारी संस्थामार्फत चार लाख दुई हजार ६७ रुपैयाँ, सप्तधारा सामाजिक उद्यमी महिला सहकारी संस्थामार्फत २६ लाख ४० हजार तीन सय ५०, भागिरथी सामाजिक उद्यमी महिला सहकारीमार्फत २१ लाख ९१ हजार आठ सय ७५ रुपैयाँ, शुभदीप सामाजिक उद्यमी महिला सहकारीमार्फत २३ लाख २५ हजार नौ सय ८३ रुपैयाँ र आधारशिला सामाजिक उद्यमी महिला सहकारीमार्फत १९ लाख ८५ हजार आठ सय ९८ रुपैयाँ बराबरको खसीबोक्रा बिक्री भएको छ।

यस अवधिमा ती सहकारीमार्फत एक हजार सात सय १४ खसी बिक्री भएका छन्। भिमाद नगरपालिका–९ स्थित अतिप्रिय सामाजिक उद्यमी महिला सहकारी संस्थाकी अध्यक्ष देवी मुक्तान आलेले दशैं तिहारका बेला सहकारीले नै व्यापारी खोजेर खसीबोका बिक्री गर्दै आएको बताइन्। 'सहकारीले नै बजारीकरणमा सहयोग गरिदिएपछि कृषकलाई पनि सहज भएको छ,' उनले भनिन्, यसले गर्दा कृषकले खसी बिक्री गरेर चाडपर्व मनाउन पाएका छन्।'

घिरिङ गाउँपालिका–२ भोरकोटस्थित घिरिङसुन्धारा सामाजिक उद्यमी महिला सहकारीकी अध्यक्ष शारदा आलेले सहकारीबाटै बजारीकरण गर्दा कृषकलाई बजारको समस्या नहुने बताइन्।

भिमाद नगरपालिका–२ स्थित अरुणोदय सामाजिक उद्यमी महिला सहकारीकी अध्यक्ष सीताकुमारी तिमिल्सिनाले खसीबोका बिक्रीका लागि विगत वर्षदेखि नै बजारीकरणमा सहयोग पुर्‍याएको बताइन्। 'यसले कृषकलाई खसीबोका बिक्रीका लागि बजार खोज्नु हिँड्नुपरेको छैन, कृषकलाई सहज भएको छ,' उनले भनिन्।

सहकारीले बजारीकरणमा सहयोग पुर्‍याएपछि बाख्रापालक कृषक पनि खुसी भएका छन्। बाख्रापालनबाट घरखर्च चलाउँदै कृषकलाई गाउँघरमै खसी बिक्री गर्ने व्यवस्था भएपछि सहज पनि भएको छ। ती सहकारीमा चार हजार भन्दा बढी शेयर सदस्य आबद्ध छन्।

घिरिङसुन्धारा सामाजिक उद्यमी महिला सहकारी संस्थामा छ सय ७०, भगवतीपुर सामाजिक उद्यमी महिला सहकारीमा आठ सय ५९, माझकोट महिला विकास बहुउद्देश्यीय सहकारी संस्थामा छ सय ३५, अरुणोदय सामाजिक उद्यमी महिला सहकारीमा तीन सय ४६ शेयर सदस्य छन्।

अतिप्रिय सामाजिक उद्यमी महिला सहकारी संस्थामा चार सय २०, दिदीबहिनी कृषि सहकारी संस्थामा एक सय ८४, सप्तधारा सामाजिक उद्यमी महिला सहकारी संस्थामा पाँच सय ३९, भागिरथी सामाजिक उद्यमी महिला सहकारीमा तीन सय ५२, शुभदीप सामाजिक उद्यमी महिला सहकारीमा दुई सय २७ र आधारशिला सामाजिक उद्यमी महिला सहकारीमा चार सय ३० शेयर सदस्य आबद्ध छन्।

प्रकाशित: १४ आश्विन २०७९ ०८:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App