२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

इभी एक्स्पोमा टाटा मोटर्सलाई उत्साहजनक प्रतिक्रिया

टाटा मोटर्सको नेपालस्थित आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले नेपाली बजारमा नेपाल कै पहिलो नाडा ईभीएक्सपोमा आफ्ना नयाँ तथा अत्याधुनिक विद्युतीय गाडीहरू प्रदर्शनीमा राखेको थियो।  

एक्स्पोमा कम्पनीले टिगोर ईभी, नेक्सन ईभी डार्क तथा एक्स्पोमा नै सार्वजनिक गरिएको नेक्सन ईभी प्राईम राखेको थियो।

नेक्सन ईभी प्राईम सार्वजनिक गरेपश्चात् अवलोकन गर्न आएका ग्राहकहरूको उत्साहजनक प्रतिक्रिया पाएको तथा ‘न्यु फरेभेर’ को अवधारणा अनुरूप निर्माण गरिएको गाडीमा मल्टी–मोड रिजेन, रिजेनमा स्वचालित ब्रेक ल्याम्प एक्टिभेसन, क्रुज कन्ट्रोल, टायर प्रेसर मनिटरिङ सिस्टम र ११० सेकेन्डको चार्जिङ टाइम आउट जस्ता समुन्नत विशेषताहरू भएको कम्पनीले जनाएको छ।  

सिप्रदीका एक कर्मचारी भन्छन् ‘हामीले ईभी हेर्न आउनु हुने ग्राहकहरूमा गाडीको प्रविधि र बिक्रीपछिको सेवा सुविधाबारे बुझ्न आउनु हुने धेरै भेट्यौं, उहाँहरू गाडीको बारे आफैं जानकार हुनुहुन्थ्यो। गाडीको मूल्य भन्दा पनि चार्जिङ एप, चार्जिङ स्टेसन, चार्जर, र सर्भिसिङको जिज्ञासा राख्नेहरूको जमात निकै भेटियो।’

नाडा ईभीएक्स्पोमा भेटिएका अवलोकनकर्ताको भन्छन्– ‘त्यसैगरी ईभी मै स्पेयर टायरका साथमा चार्जिङ बक्स र चार्जिङ किट टाटा मोटर्सको तर्फबाट मात्रै भेटें मैले त। गाडी त निकै बलियो र राम्रो छ, चाँडै घर लैजान पाएको भए अझै रमाइलो हुने थियो।’

प्रकाशित: १० आश्विन २०७९ ०२:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App