हिरो मोटोकर्पले नयाँ सुपर स्प्लेन्डर मोटरबाइक सार्वजनिक गरेको छ। नेपालमा आफ्नो उच्च वृद्धि रणनीतिलाई निरन्तरता दिँदै नयाँ सुपर स्प्लेन्डर सार्वजनिक गरेको हो।
प्रिमियम बोल्ड डिजाइन र नवीनतम प्रविधिका साथ नयाँ हिरो सुपर स्प्लेन्डर सुपर–पावर, सुपर–माइलेज र सुपर–कम्फर्टको तेब्बर (ट्रिपल) प्रतिज्ञाका साथ ल्याइएको कम्पनीले बताएको छ।
यसले परिष्कृत इन्धन दक्षता प्रदान गर्ने तथा यसलाई नयाँ डिजी–एनालग क्लस्टर, इन्टिग्रेटेड युएसबी चार्जर, साइड–स्ट्यान्ड इन्जिन कट–अफ र रिफ्रेस लुकजस्ता रोमाञ्चक नयाँ सुविधाहरूले पावर–प्याक गरिएको कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार मोटरसाइकल देशभरका हिरो मोटोकर्पका डिलरसिपहरूमा २ लाख ६६ हजार रूपैयाँ मूल्यमा उपलब्ध हुनेछ।
नेपाल हिरोका लागि एक प्रमुख बजार भएको र आफ्नो पोर्टफोलियोमा नयाँ सुपर स्प्लेन्डर थपिएसँगै यसले आफ्नो उत्पादन पोर्टफोलियोलाई थप मजबुत बनाएको तथा ग्राहकहरूलाई वर्ग–अग्रणी कार्यसम्पादन प्रदर्शन, सुविधाहरू र शैली प्रदान गर्दै आएको कम्पनीको दाबी छ।
प्रकाशित: २९ भाद्र २०७९ ०२:१४ बुधबार