१९ आश्विन २०८१ शनिबार
image/svg+xml
अर्थ

आइएमई जनरल इन्स्योरेन्स र साइमेक्स इंकबीच सम्झौता

आइएमई इन्स्योरेन्स र साइमेक्स इंक-बिवाइडी सेवा प्रदान गर्ने सम्बन्धमा सम्झौता भएको छ।

आइएमई इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादेश्रेष्ठ र साइमेक्स इंक-बिवाइडीका सहायक महाप्रबन्धक आकाश विक्रम थापाले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।

आइएमई इन्स्योरेन्सबाट बिवाइडी ब्रान्डका सवारी साधनहरूको बीमा गरेका ग्राहकहरूले कुनै पनि किसिमको दुर्घटना परी सवारी साधनको क्षति भएमा सहज र सरल तरिकाबाट नगद रहित दाबी भुक्तानी गर्ने सक्ने भएको छ।

यस्तै कम्पनीबाट बीमा भएको चारपांग्रे निजी सवारी साधनको दुर्घटना हुन गई सवारी साधन क्षतिग्रस्त भइ मर्मत संभार गर्नुपरेमा साइमेक्स इंकको मर्मत केन्द्रमा गरे लागत खर्च बीमा कम्पनीले साइमेक्स इंकलाई सिधै भुक्तानी गरी लामो दाबी प्रक्रियालाई सहज, सरल र झन्झटमुक्त हुने जनाएको छ।

यसरी सहज र सरल रूपमा सवारी धनीले नगदरहित दाबी सेवा प्राप्त गर्न सक्ने हुनले बिमा गर्दा र दाबी पर्दा सहज सेवा प्रदान गर्ने गरी दुवै कम्पनी बीच सेवा सम्झौता भएको छ।

प्रकाशित: २४ भाद्र २०७९ ०४:२१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App