पञ्चकन्या ग्रुपले वर्षादमा बढी बिद्युत उत्पादन हुने गरेता पनि उत्पादित विद्युतको मूल्य पाउन नसकेकोमा खेद प्रकट गरेको छ।
पञ्चकन्या ग्रुपका अध्यक्ष प्रेम बहादुर श्रेष्ठले उत्पादित विद्युतको मुल्य नपाउने हो भने किन उत्पादन गरी रहने प्रश्न चिन्ह खडा भएको बताएका छन्।
उनले एक सूचना जारी गर्दै हाइड्रो पावरको क्षमता अनुसार सबै याममा औषतमा विद्युत उत्पादन गरी विद्युत प्राधिकरणलाई बिक्री गर्नु पर्ने भएकाले त्यसैगरी अगामी महिनामा यति विद्युत उत्पादन हुन्छ भनी सो को अनुमानित तथ्याङ्क अग्रिम रुपमा पेश गर्नु पर्ने बताए।
'देशलाई पूर्ण रुपमा लोडसेडिङ मुक्त गरी उर्जा क्षेत्रमा निजी क्षेत्रलाई लगानीको लागि अझ बढी आकर्षित गर्न, कोरोनाले थलिएको उगलाद्योई राहत उपलब्ध गराउन र पिपिए सम्झौता गर्दा प्रति युनिट जतिमा रुपैयाँमा खरिद गर्ने सम्झौता भएको र बढी उत्पादित विद्युतलाई पनि न्यूनतम आधा मूल्यमा खरिद गरी दिन र प्रत्येक ५ वर्षमा खरिद मूल्य पुनरावलोकन गर्न उर्जा क्षेत्रमा लगानी गर्ने व्यवसायीहरु सरकारसँग जोडदार माग गर्दछौं।' सूचनामा उल्लेख छ।
प्रकाशित: २३ भाद्र २०७९ १४:४५ बिहीबार