१२ असार २०८१ बुधबार
image/svg+xml
अर्थ

युनाइटेड सिमेन्ट्सद्वारा वडा कार्यालयलाई कम्प्युटर तथा सिलाई मेसिन वितरण

युनाइटेड सिमेन्ट्सले धुनिबेसी ९ को वडा कार्यालयलाई १५ थान सिलाई मेसिन, १० थान कम्प्युटर तथा यसको उपयोग गर्न आवश्यक पर्ने टेबल तथा कुर्सि हस्तान्तरण गरेको छ।

युनाइटेड सिमेन्ट्सको संस्थागत सामाजिक उतरदायित्व अन्तर्गत बुधबार धुनिबेसी नगरपालिकाकाे कार्यालयमा साे उपकरण हस्तान्तरण गरेकाे हाे। कार्यक्रममा धुनिबेसी नगरपालिका उप.प्रमुख सुरज उप्रेती, वडा नं ९ का अधक्ष माधव प्रसाद सिलवाल , भू.पु वडा अधक्ष साहिला राईका लगाएत अन्य अतिथिहरुको उपस्तिथी रहेको थियो।  

कार्यक्रममा युनाइटेड सिमेन्ट्सका प्रमुख कार्यकारी अधिकृत भरत दाहालले बिगतका दिनहरुमा पनि शिक्षा तथा स्वास्थ्य जस्ता आधारभूत तथा अपरीहार्य क्षेत्रमा यस समाजलाई हरेक तरहले सहयोग गर्दै आएको कुरा बताए।  

उनले सोहि वडा कार्यालयको रहोबरमा परिचालन हुने गरी केहि बर्ष पहिले एम्बुलेन्स पनि हस्तान्तरण गरेको तथा स्वास्थ्य चौकी स्थापनाका निम्ति युनाइटेड सिमेन्ट्सले जग्गा पनि उपलब्ध गराएको कुरा जानकारी गराए।  

उनले विभिन्न सामुदायिक बिद्यालयहरुमा शैशिक सामाग्री पनि हस्तान्तरण गरेको कुरा जानकारी गराउँदै त्यस क्षेत्रमा आर्थिक तथा सामाजिक विकासका निम्ति युनाइटेड सिमेंट्सको उल्लेखनिय भूमिका रहेको कुरा बताए।  

कार्यक्रममा वडा अधक्ष माधव सिलवालले युनाइटेड सिमेंट्सको यो कार्य एकदमै प्रसंशनिय रहेको कुरा बताए। 'एउटा घरमा यदि महिलाले सिप जानेकी छिन् भने, उनले सम्पूर्ण घरलाई नै आर्थिक तथा सामाजिक रुपमा ब्यबस्थित गर्न सक्छिन्। कसैलाई सिप सिकाउन सहयोग गर्नु भनेको नै उसलाई दिगो आर्थिक विकास तथा स्तरउन्नतिको बाटो तर्फ लम्कन सिकाउनु हो।' उनले भने।  

ललितपुरको लेलेमा रहेको आफ्नै चुनढुंगा खानी तथा धादिंगमा रहेको उद्योगबाट युनाइटेड सिमेन्ट्सले बिगत ७ वर्ष देखि गुणस्तरीय सिमेन्ट उत्पादन गर्दै आएको छ।  युनाइटेड सिमेन्ट्सले बहन गर्नुपर्ने संस्थागत सामाजिक उतरदायित्व यथासक्दो बहन गरेको अनि आउने दिनहरुमा पनि यसै समाजको तथा स्थानियवासीको हितमा हुने बिभिन्न क्रियाकलाप गर्दै जाने प्रतिबद्धता कम्पनीले जायर गरेको छ।

प्रकाशित: २३ भाद्र २०७९ ०९:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App