१२ असार २०८१ बुधबार
image/svg+xml
अर्थ

‘हुन्डाई फेस्टिभ डिलाइट २०७८’ को विजेतालाई पुरस्कार हस्तान्तरण

हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले दशैं तिहारको उपलक्ष्यमा ल्याएको ‘हुन्डाई फेस्टिभ डिलाइट २०७८’ को विजेतालाई पुरस्कार हस्तान्तरण गरेको छ।

 ‘हुन्डाई फेस्टिभ डिलाइट २०७८’ का अफर अनुरूप बम्पर लक्की ड्र अन्तर्गत कुपन नम्बर १४७० भएको काठमाडौंका लोकेश बज्राचार्यले हुन्डाई आई ट्वेन्टी जितेका छन् ।

थापाथलीस्थित हुन्डाई सोरुममा आयोजित कार्यक्रममा बिजेतालाई कन्जुमर आई नेपालकी अध्यक्ष श्रीमती बिमला खनाल तथा लक्ष्मी हुन्डाईका बिक्री प्रतिनिधिद्वारा संयुक्त रूपमा पुरस्कार हस्तान्तरण गरेको हो।

उक्त अफर अनुरूप हरेक नयाँ हुन्डाई गाडीको खरिदमा ग्राहकहरूले ३ लाखसम्मको आकर्षक नगद छुट र एक वर्षको लागि निःशुल्क बिमा तथा सडक कर, त्यसैगरी स्क्रयाच कार्ड मार्फत थप १ लाखसम्मको नगद छुट र बम्पर उपहारअन्तर्गत लक्की ड्र मार्पmत १ जना विजेतालाई हुन्डाई आई २० जित्ने मौका पाएको कम्पनीले जनाएको छ। विजेताको घोषणा यही भदौ ९ गते गरिएको थियो।

प्रकाशित: २१ भाद्र २०७९ ०१:२७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App