८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
अर्थ

हिमालयन बैंकलाई ‘एक्सिलेन्स इन पोइन्ट अफ सेल अक्वाइरिङ बिजिनेश २०२२’ अवार्ड

 हिमालयन बैंकले एक्सिलेन्स इन पोइन्ट अफ सेल अक्वाइरिङ बिजिनेश २०२२’ अवार्ड प्राप्त गरेको छ।  

भिसाद्वारा आयोजित समारोहका प्रमुख अतिथि डिपुटी गर्भनर डा. निलम ढुंगानाले बैंकलाई उक्त अवार्ड प्रदान गरेका हुन्।

बैंकले विगतका वर्षहरू देखि नै यो विधामा उक्त अवार्ड प्राप्त गर्दै आइरहेको र विश्वका विभिन्न प्रसिद्ध कार्डहरू आफ्नो नेटवर्कमा स्वीकार गर्ने नेपालको एक मात्र बैंक भएको दाबी गरेको छ।

बैंकले प्रदान गरेको विशिष्टीकृत सेवामा आवद्ध भई कार्ड एक्वाइरिङ बिजिनेस गरिरहेका मर्चेन्ट शुभेच्छुक एवं ग्राहकहरूलाई उक्त सम्मान समर्पित गर्दै यसै महिना भित्र डाएनर्स/डिस्कभर ब्राण्डको स्वीकार्यता थप गरिने बैंकले जानकारी गराएको छ।

प्रकाशित: २० भाद्र २०७९ ०२:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App