१९ आश्विन २०८१ शनिबार
image/svg+xml
अर्थ

झिनो अंकले घट्यो आज नेप्से परिसूचक

साताको अन्तिम कारोबारको दिन बिहीबार नेप्से परिसूचक झिनो अंकले घटेको छ। बुधबार २१ अंकभन्दा बढीले घटेको नेप्से बिहीबार १.०८ अंक घटेर १९७२.२९ बिन्दुमा झरेको छ।

त्यस्तै, सेन्सेटिभ इण्डेक्स ०.६६ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.१२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२२ अंक बढेको छ। बिहीबार कारोबारमा आएका २२५ कम्पनीको ३९ लाख ५५ हजार कित्ता शेयर १ अर्ब ३८ करोड ३४ लाख ६२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।

बुधबारको भन्दा कारोबार रकम थोरै अंकले बढेको छ। बुधवार १ अर्ब १२ करोड ६२ लाख १८ हजार ८६१ रुपैयाँ बराबरको कारोबार भएको थियो। नेप्सेका १३ उपसमूह मध्ये ७ उपसमूहको परिसूचक बढेको छ भने ६ उपसमूहको परिसूचक घटेको छ।

जसमा विकास बैंक, वित्त, होटल तथा पर्यटन, जलविद्युत, जीवन बीमा, लघुवित्त र निर्जीवन बीमा उपसमूहको परिसूचक बढेको छ। बाँकी अन्य समूहको परिसूचक घटेको छ। बिहीबार नेप्से ओरालो लागे पनि हिमालयन एभरेष्ट इन्स्योरेन्सको शेयर मूल्य  सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

अपर हेवाखोलाको शेयर मूल्य साढे ६ प्रतिशत बढेको छ। तर राप्ति हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन र गणपति लघुवित्तको शेयर मूल्य ४ प्रतिशतभन्दा बढी घटेको छ। आज नेपाल टेलिकमको १२ करोड २७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

प्रकाशित: १६ भाद्र २०७९ १०:२७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App