२० असार २०८१ बिहीबार
image/svg+xml
अर्थ

ग्लोबल आइएमईको तीज क्यास ब्याक योजना

ग्लोबल आइएमई बैंकले हरितालिका तीजको अवसरमा महिला ग्राहकहरूलाई लक्षित गरी विशेष क्यास ब्याक योजना सार्वजनिक गरेको छ।

क्यास ब्याक योजना अन्तर्गत यही भाद्र १३ र १४ गते ग्लोबल स्मार्ट प्लस मोबाइल बैंकिङ एपबाट क्युआर कोड मार्फत भुक्तानी गर्दा खरिदको २० प्रतिशतसम्म क्यास ब्याक पाइनेछ।

बैंकले क्यास ब्याक योजनालाई तीज विशेष बनाउन महिलाहरूलाई उक्त सुविधा दिने भएको जनाएको छ। बैंकमा ‘नारी बचत’ तथा ‘नारी शक्ति बचत’ खाता रहेका महिलाहरूले ग्लोबल स्मार्ट प्लस एपको प्रयोग गरी क्युआर मार्फतको भुक्तानीमा क्यासब्याक पाउने छन्।

मोबाइल बैंकिङ एप्लिकेशन, क्युआर पेमेन्ट प्रयोगलाई बढावा दिनका लागि बैंकले यो क्यासब्याक योजना सार्वजनिक गरेको बताएको छ। 

प्रकाशित: १४ भाद्र २०७९ ०४:२६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App