२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

सिटी एक्सप्रेसबाट ५ तोला सुन जित्ने मौका

सिटी एक्सप्रेस मनी ट्रान्सफरले ‘विदेशबाट सिटी आयो, दशैं तिहारलाई गोल्डेन बनायो’ अफर सार्वजनिक गरेको छ। कम्पनीले दशैँ, तिहार र छठलाई लक्षित गर्दै ६३ दिनसम्म चल्ने गरी उक्त अफर सार्वजनिक गरेको हो।

सिटी एक्सप्रेसको यो उपहार योजना अन्तर्गत लक्की ड्रमार्फत हरेक महिना १ जनालाई १ तोला सुन, हरेक हप्ता १ जनालाई १० तोला चाँदी साथै ६३ दिन लगातार हरेक दिन १६ जना विजेताहरुलाई आकर्षक गिफ्ट ह्याम्पर र अन्त्यमा एक जना भाग्यशाली बम्पर विजेतालाई ५ तोला सुन उपहार प्रदान गरिनेछ।

कम्पनीका अनुसार उक्त अफर भदौ १५ गतेदेखि कार्तिक १५ गते सम्म लागू हुनेछ। यो अवधिभरी सिटी एक्सप्रेसमार्फत् देश विदेशबाट पैसा पठाउने सम्पूर्ण सेवाग्राही यो उपहार योजनामा सहभागी हुनेछन्। यस उपहारको विजेता छनौट गर्दा विद्युतीय प्रणालीद्वारा गरिनेछ र यो योजना सिटी एक्सप्रेसमा कार्यरत कुनै पनि कर्मचारीलाई लागू हुने छैन।

प्रकाशित: १३ भाद्र २०७९ १४:०० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App