७ वैशाख २०८१ शुक्रबार
अर्थ

घटेन महँगीको पारो

काठमाडौं–भारतीय नाकाबन्दी र तराईमा चलेको आन्दोलनले मूल्य बृद्धि पुस महिनामा १२.१ प्रतिशत पुगेको छ। चार महिना चलेको नाकाबन्दी र त्यो भन्दा लामो तराई आन्दोलनका कारण महँगी आर्थिक बर्षको छैठौँ महिनामा अझ उकालो लागेको हो।राष्ट्र बैंकले नाकाबन्दी खुलेसँगै अब महँगी कम हुँदै जाने र अार्थिक अवस्था सुधार हुने अपेक्षा राखेको छ। अघिल्लो पाँचौ महिनामा ११.६ प्रतिशत रहेको मूल्य बृद्धिदर बढेर आर्थिको बर्षको मध्यमा आइपुग्दा मूल्य बृद्धि झनै आकासिएको छ।

आइतबार ६ महिनाको तथ्यांक सार्बजनिक गर्दै नेपाल राष्ट्र बैंकले दोहोरो अंकको मूल्य वृद्धि मूख्यतया खाद्य तथा पेय पदार्थ समूहको मूल्य सूचकाङ्क १५.२ प्रतिशतले बढेको कारणले भएको जनाएको छ। त्यसैगरी गैर–खाद्य तथा सेवा समूहको मूल्य वृद्धिदर २०७२ पुसमा ९.७ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।

'तराईको लामो आन्दोलन र नाकाहरुमा भएको व्यापार अवरोध पछिल्ला महिनामा महँगी बढ्नुका मुख्य कारक तत्व हुन्', राष्ट्र बैंकको प्रतिवेदनमा भनिएको छ।

तर राष्ट्र बैंकले नाकाबन्दी खुलेसँगै आर्थिक अवस्थामा सुधार हुने अनुमान गरेको छ। भारतले अघोषित रुपमा लगाएको नाकाबन्दी माघको अन्तिम साताबाट अघोषित रुपमै खोलेको थियो। व्यापार नाकाहरु खुलेपछि आयात सहज हुन गइ, आपूर्ति व्यवस्था सहज हुँदा महँगी पूर्ववत अवस्थामा फर्कने राष्ट्र बैंकको आंकलन छ।

राष्ट्र बैंकको प्रतिबेदनमा उल्लेख छ– 'तराई क्षेत्रका नाकाहरुमा आवागमन सहज हुदैं गएबाट गत भाद्र महिनादेखि सुरु भएको मूल्य वृद्धिको दवाव कम हुँदै जाने अपेक्षा गरिएको छ ।'

अघिल्ला महिनाहरुमा मूल्यवृद्धि बढ्दै जाँदा र आर्थिक वृद्धिदर खुम्चिएमा राष्ट्र बैंकले 'स्ट्यागफ्लेसन' हुनसक्ने सम्मको चेतावनी दिएको थियो।

प्रकाशित: ९ फाल्गुन २०७२ ०५:०२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App