१८ असार २०८१ मंगलबार
image/svg+xml
अर्थ

सनराइज बैंकद्वारा चौतारी निर्माण

 सनराइज बैंकले सुनवल वडा ३ स्थित कीर्तिपुरमा चौतारीको निर्माण गरेको छ। बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त चौतारा निर्माण गरेको हो।  

स्थानीयहरू विश्राम गर्ने, समाजका विभिन्न छलफल, भेला तथा कार्यक्रमहरू हुने उक्त चौतारीको निर्माणले समाजमा अतुलनीय योगदान पुर्‍याएको नगर प्रमुख बिमला अर्यालले बताइन्। यस्तै संस्थागत उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यहरू देशका विभिन्न ठाउँहरूमा गरिरहेको बैंकले गाउँठाउँको भौतिक संरचना निर्माण गरी समाजलाई सहयोग गर्न पाएकोमा बैंकका नायब महा–प्रबन्धक श्री यादवले खुसी व्यक्त गरे।  

बैंकले हरेक वर्ष आफ्नो नाफाको १ प्रतिशत संथागत सामाजिक उत्तरदायित्वमा खर्च गर्दै आएको छ। गत वर्ष १५० भन्दा बढी कार्यक्रहरू गरेको बैंकले जनाएको छ।

प्रकाशित: ३१ श्रावण २०७९ ०२:२२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App