२१ आश्विन २०८१ सोमबार
image/svg+xml
अर्थ

मोरङका स्थानीय तहमा बेरुजुको चाङ

मोरङका स्थानीय तहमा बेरुजुको चाङ् बढ्दै गएको देखिएको छ। महालेखा परिक्षकको कार्यालयको  २०७९ को प्रतिवेदन अनुसार मोरङका १७ स्थानिय तहको बेरुजु ४ अर्ब २५ करोड ६७  लाख ८३ हजार पुगेको छ।

मोरङका स्थानीय तहमा  हरेक वर्ष बेरुजुको रकम बढ्दै गएको महालेखाको तथ्यांकले  देखाएको छ। सबै भन्दा बढी बेरुजु विराटनगर महानगरपालिकाको देखिएको छ। विराटनगर महानगरपालिकाको १ अर्ब ६३ करोड ५७ लाख ४३ हजार रुपैयाँ बेरुजु देखिएको छ।  

अघिल्लो वर्ष विराटनगर महानगरपालिकाको बेरुजु १ अर्ब १६ करोड ७७ लाख ९६ हजार थियो। मोरङको धनपालथान गाउँपालिकाको बेरुजु ९ करोड ६७ लाख ४० हजार रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष धनपालथानको बेरुजु ६ करोड १९ लाख ३३ हजार थिया । जहदा गाउँपालिकाको बेरुजु २५ करोड १६ लाख २६ हजार पुगेको छ। अघिल्लो वर्षसम्म २० करोड ४५ लाख ३६ हजार रुपैयाँ थियो।  

कानेपोखरी गाउँपालिकाको बेरुजु १० करोड ९८ लाख ३ हजार रुपैयाँ पुगेको छ। गतवर्षसम्म ६ करोड ६६ लाख ३० हजार रुपैयाँ थियो। कटहरी गाउँपालिकाको बेरुजु १२ करोड ४ लाख ४९ हजार रुपैयाँ पुगेको छ। अघिल्लो वर्षसम्म १० करोड ७३ लाख ३२ हजार रुपैयाँ थियो। केरावारी गाउँपालिकाको बेरुजु ७ करोड ७२ लाख ६८ हजार रुपैयाँ पुगेको छ। अघिल्लो वर्षसम्म ९ करोड २६ लाख ५२ हजार रुपैयाँ थियो। लेटाङ नगरपालिकाको बेरुजु १० करोड ३३ लाख ५० हजार रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष १० करोड १८ लाख १० हजार रुपैयाँ थियो।  

यस्तै मिक्लाजुङ गाउँपालिकाको बेरुजु १२ करोड २० लाख ७९ हजार रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष ८ करोड ५ लाख २६ हजार रुपैयाँ थियो। पथरी शनिश्चरे नगरपालिकाको बेरुजु २५ करोड ३० लाख ९३ हजार रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष ९ करोड ९२ लाख २६ हजार रुपैयाँ थियो।  रंगेली नगरपालिकाको बेरुजु २० करोड ८२ लाख ४४ हजार रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष १६ करोड ३४ लाख ३ हजार रुपैयाँ थियो।  

रतुवामाई नगरपालिकाको बेरुजु १८ करोड ४३ लाख ८४ हजार रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष १६ करोड ५१ लाख ५३ हजार रुपैयाँ थियो। सुनवर्षी नगरपालिकाको बेरुजु २२ करोड ३९ लाख ८५ हजार रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष १९ करोड ३६ लाख ८५ हजार रुपैयाँ थियो। सुन्दरहरैंचा नगरपालिकाको बेरुजु २७ करोड ५३ लाख ५८ हजार रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष २३ करोड ८३ लाख २९ हजार रुपैयाँ थियो। उर्लावारी नगरपालिकाको बेरुजु १९ करोड ७४ लाख ५१ हजार रुपैयाँ पुगेको छ। गतवर्ष  उर्लावारी नगरपालिकाको बेरुजु १७ करोड ६० लाख ९३ हजार रुपैयाँ थियो। 

वेलवारी नगरपालिकाको बेरुजु २१ करोड ७४ लाख ३ हजार रुपैयाँ पुगेको छ। गतवर्ष १७ करोड ४६ लाख ५२ हजार रुपैयाँ थियो। मोरङका अधिकांश स्थानीय तहले गत वर्षको भन्दा बेरुजुको रकम बढाए पनि ग्रामथान गाउँपालिका र बुढीगंगा गाउँपालिकाले थोरै मात्रामा भए पनि बेरुजु घटाएको देखिएको छ। ग्रामथान  गाउँपालिकाको बेरुजु  ३ करोड ८८ लाख ७४ हजार रुपैयाँ  छ। अघिल्लो वर्ष ४ करोड ५० लाख ३८ हजार रुपैयाँ थियो।  

यस्तै मोरङको बुढीगंगा गाउँपालिकाको  बेरुजु २२ करोड ४२ लाख ६० हजार  छ। गत वर्ष बुढीगंगाको २५ करोड ७ लाख १ हजार रुपैयाँ  थियो। स्थानीय तहहरूले अनियमित रुपमा कर्मचारी भर्ना गर्नेदेखि, तलब भत्ता वितरण र विकास निर्माणका कामसमेत अनियमित रुपमा गर्ने गरेको महालेखाको प्रतिवेदनले औल्याएको छ।

प्रकाशित: १७ श्रावण २०७९ ०६:१४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App