३ असार २०८१ सोमबार
image/svg+xml
अर्थ

काठमाडौं तराई मधेस द्रुतमार्ग आयोजना समयमै सकिनेमा आशंका

प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिले सोमबार बसेको बैठकले काठमाडौं–तराई–मधेश द्रुतमार्ग आयोजनाका हालसम्मको समष्टिगत प्रगति हेर्दा पूर्वनिर्धारित समयमा नै सम्पन्न हुनेमा आंशका व्यक्त गरेको छ।  

समितिले सोमबार आयोजनाका पदाधिकारी र रक्षामन्त्रालयका पदाधिकारीसँगको छलफल कार्यक्रममा गत आवको अन्त्यसम्म आयोजनाको २१.१८ प्रतिशत मात्रै समष्टिगत प्रगति र आयोजनाको पूर्वनिर्धारित कार्यतालिका बमोजिम हालसम्म ठेक्का व्यवस्थापनका कार्यहरू हुन नसकिएको अवस्थालाई हेर्दा आयोजना निर्धारित समयमा सम्पन्न हुनेमा शंका व्यक्त गरेको हो।  

समितिले द्रुतमार्ग समयमा नै सम्पन्न हुनेमा विश्वस्त हुने अवस्था नदेखिएको जनाएको छ। समितिले यस परिस्थितिलाई ध्यानमा राखी आयोजनाको लागत बढ्न नदिई निर्धारित समयमा गुणस्तरीय रूपमा काम सम्पन्न गर्ने विश्वसनीय आधारसहितको ०७९/८० को ठोस कार्यतालिका तत्काल बनाइ कार्यान्वयनमा ल्याउन र उक्त कार्यतालिका यथाशीघ्र समितिलाई उपलब्ध गराउन समिति नेपाल सरकार, प्रधानमन्त्री तथा परिषद्को कार्यालय, रक्षामन्त्रालय र सम्बद्ध आयोजनालाई निर्देश गर्दछ।

२०८१ को मंसिर महिनासम्म सम्पन्न हुने लक्ष्य राखिएको थियो। समितिले द्रुतमार्ग आयोजनाको काम सञ्चालन गर्दा यसका वातावरणीय पक्षहरू वतावरणीय प्रभाव मूल्यांकन (इआइए) र वतावरण व्यवस्थापन योजना (इएमपी) कार्यान्वयनको वर्तमान अवस्था र आयोजनाको तेस्रोपक्षबाट हुने अनुगमनको पक्ष के–कसरी कार्यान्वयन भएको छ।  

यसको स्पष्ट जानकारी १५ दिनभित्र समितिमा उपलब्ध गराउन समिति रक्षा मन्त्रालय र सम्बद्ध आयोजनालाई निर्देश गर्दछ। समितिको २०७८ चैत १३ गते बसेको बैठकले गरेको निर्देशनका सम्बन्धमा रक्षा मन्त्रालय स्तरीय निर्णयबाट गठित छानबिन समितिको प्रतिवेदनमा समितिमा प्राप्त भएकाले उक्त प्रतिवेदन अध्ययन गरी समितिको आगामी बैठकमा छलफल गरिने भएको छ। 

प्रकाशित: १० श्रावण २०७९ ०१:५४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App