२० आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

टाटा टु व्हिलर्स ब्याट्रिजको वितरकमा स्याकार

नेपालका लागि होन्डा मोटरसाइकल र स्कुटरको आधिकारिक विक्रेता तथा वितरक स्याकार ट्रेडिङ कम्पनीलाई टाटा ग्रिन ब्याट्रिजको टु व्हिलर्स ब्याट्रिजको आधिकारिक वितरकको रूपमा नियुक्त गरिएको छ।

टाटा ग्रिन ब्याट्रिज टाटा अटो कम्पनी ब्याट्रिजले उत्पादन गर्छ जुन भारतको प्रमुख अटोमोटिभ र टु डब्लु ब्याट्री उत्पादकमध्ये एकमा पर्छ। टाटा ग्रिन ब्याट्रिजका सिइओ बि गुप्ताले भारतमा जस्तै सफलताको गाथा नेपालमा पनि दोहोर्‍याउन चाहेको बताउँदै यस सम्बन्धले नेपालमा टाटा ब्याट्रिजको उन्नतिलाई बढाउन अझै सहायता दिने तर्क गरे।

स्याकारका अध्यक्ष सौरभ ज्योतिले व्यवसायको दुनियाँमा टाटा एउटा प्रमुख ब्रान्ड भएको बताए। टाटा ग्रुप कम्पनीसँग हात मिलाउनु स्याकार कम्पनीका लागि नयाँ इतिहास भएको जनाए। उनले नेपालको कुनाकुनासम्म पनि होन्डा ग्राहकसमक्ष टाटा ग्रिन ब्याट्रिज पुर्‍याउन सकिने विश्‍वस्‍त भएको बताए।

प्रकाशित: ८ श्रावण २०७९ ०२:४८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App