२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अर्थ

दराज र नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टमबीच सम्झौता

दराजले नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टमसँग दराजमा किनमेल गर्दा प्रिपेमेन्ट प्रवर्द्धन गर्न सम्झौता गरेको छ। दराज नेपालका डिजिटल पेमेन्ट एण्ड पार्टनरसिप प्रमुख अरूण फुयाँल र नेप्सका सीबीओ पविन्द्र राजभण्डारीले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन्।

आफ्नो अर्डरको लागि नगद अन डेलिभरीमार्फत भुक्तानी गर्न रुचाउने ग्राहकहरूलाई प्रिपेमेन्टमा रूपान्तरण गर्ने प्रयासमा दराज र नेप्सले अनलाइन सपिङ प्लेटफर्ममा डेबिट र क्रेडिट कार्डहरूको प्रयोगलाई प्रोत्साहन दिइरहेका छन्।

डिजिटल पेमेन्ट एण्ड पार्टनरसिप प्रमुख अरूण फुयाँलले नेपाली ई–कमर्स इकोसिस्टमलाई नयाँ उचाइमा पुग्न मदत गर्ने बताएका छन्। उनले डिजिटल सपिङ प्लेटफर्म प्रयोग गर्दै ग्राहकहरूलाई थप डिजिटल भुक्तानी विधिहरू छनौट गर्न सम्झाताले प्रोत्साहित गर्ने बताए।

प्रकाशित: ६ श्रावण २०७९ ०१:३१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App