१४ आश्विन २०८१ सोमबार
image/svg+xml
अर्थ

एनआईसी एशिया बैंक २५औं वर्षमा, सरकारलाई १९ अर्ब ९२ करोड राजश्व

एनआईसी एशिया बैंक २५ वर्षमा प्रवेश गरेको छ। यसै अवसरमा सो बैंकले  रजत जयन्ती मनाउन लागेको जनाएको छ।

बैंकले एक विज्ञप्ति जारी गर्दै बैंक सफल हुनुको श्रेय सम्पूर्ण ग्राहक, नियमनकारी निकया, शेरयधनी र कर्मचारीलाई दिएको छ। त्यसैगरी आगामी दिनहरुमा अझ विश्वस्तरिय, अत्याधुनिक, प्रविधिमैत्री, ग्राहकमैत्री तथा अनुकरणीय अनुभव सहितको बैंकिङ्ग सेवा एवम् सुविधाहरु प्रदान गर्दै सबै सरोकारवालाहरुको पहिलो रोजाईको बैंक बन्ने अठोट गरेको छ।

आर्थिक वर्ष ०५६–०५७ मा १ कित्ता बराबरको साधारण शेयरमा लगानी गर्ने शेयरधनीको हालसम्म आइपुग्दा उक्त शेयर संख्या १३.१२ कित्ता पुगेको जसको प्रतिफल आजको बजार मूल्यमा  ९,५२०.९७ रुपैयाँ बराबर रहेको बैंकले जनाएको छ।

त्यसैगरी देशको अर्थतन्त्रको सवलीकरण तथा उच्च आर्थिक वृद्धिमा टेवा पुर्‍याउन उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै स्थापना कालदेखि हालसम्ममा प्रत्यक्ष र अप्रत्यक्ष गरी कुल १९ अर्ब ९२ करोड रुपैयाँभन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरेको र गत अर्थिक वर्ष २०७८–७९ मा मात्रै ३ अर्ब ४१ करोड रुपैयाँभन्दा बढी राजश्व नेपाल सरकारलाई बुझाई समग्र वाणिज्य बैंकहरुमध्ये सबैभन्दा बढी कर दाखिला गर्ने बैंकको रुपमा स्थापित भएको जानकारी दिएको छ।

बैंकले आ.व. २०७८–७९ मा खुद मुनाफातर्फ ४.५३ अर्ब रुपैयाँ आर्जन गर्न सफल भएको छ। जुन वार्षिक विन्दुगत आधारमा ३९ प्रतिशतको वृद्धि हो। यसैगरी बैंकको स्व–पूँजीमा प्रतिफल १९.६५ प्रतिशत रहेको छ, जुन २६ वटै वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी रहेको अनुमान बैंकले गरेको विज्ञप्तिमा जनाइएको छ। साथै, प्रतिशेयर आम्दानीतर्फ ३९.१३ रुपैयाँ आर्जन गर्न बैंक सफल भएको जनाइएको छ।

प्रकाशित: ५ श्रावण २०७९ १३:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App