१२ असार २०८१ बुधबार
image/svg+xml
अर्थ

नेप्से परिसूचक सामान्य अंकले गिरावट

पछिल्लो एक साता निरन्तर रुपमा वृद्धि भएको नेप्से परिसूचक बिहीबार सामान्य अंकले गिरावट आएको छ। बिहीबार नेप्से परिसूचक ५.८७ अंक घटेर २०४४.७२ बिन्दुमा झरेको हो।

त्यस्तै, सेन्सेटिभ इण्डेक्स ०.८६ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.४५ अंक र सेन्सेटिभ इण्डेक्स ०.५० अंकले गिरावट आएको छ। बिहीबार कारोबारमा आएका २२५ कम्पनीको ३९ लाख ८ हजार कित्ता शेयर १ अर्ब ६४ करोड २६ लाख ४८ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ।

बुधबारको तुलनामा कारोबार रकम पनि गिरावट आएको छ। बुधबार १ अर्ब ७३ करोड १८ लाख ३२ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको थियो। बिहीबार नेप्सेका १३ उपसमूहमध्ये २ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ११ उपसमूहको परिसूचक घटेको छ।

जसमा अन्य उपसमूहको परिसूचक १.०९ प्रतिशत बढेको छ भने बैंकिङ उपसमूहको ०.१७ प्रतिशत बढेको छ। यता, लगानी, जीवन बीमा र व्यापार उपसमूहको परिसूचक यस दिन १ प्रतिशतभन्दा बढी गिरावट आएको छ। बिहीबार नेप्सेमा गिरावट आएपनि सेन्ट्रल फाइनान्सको शेयरमूल्य ३.१६ प्रतिशत बढेको छ।

त्यस्तै, जनउत्थान सामुदायिक लघुवित्त, नेशनल माइक्रोफाइनान्स र गुराँस लघुवित्तको शेयरमूल्य २ प्रतिशतभन्दा बढी बढेको छ। यता किसान लघुवित्तको शेयरमूल्य ५ प्रतिशतभन्दा बढी घटेको छ। बिहीबार कारोबारमा आएको शिवम् सिमेन्ट्स कम्पनीको १७ करोड ८० लाख १ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।

प्रकाशित: ५ श्रावण २०७९ १०:४७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App