१९ असार २०८१ बुधबार
image/svg+xml
अर्थ

सर्लाही भन्सारद्वारा ५३ करोड राजस्व संकलन

फाइल तस्बिर

जिल्ला भन्सार कार्यालय सर्लाहीले आर्थिक वर्ष २०७८/७९ मा करिब ५२ करोड ८२ लाख राजस्व संकलन गरेको छ। कार्यालयले ६४ करोड २४ लाख ६१ हजार राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो।  

जिल्ला भन्सार कार्यालयका कार्यालय प्रमुख मुरारीप्रसाद काफ्लेका अनुसार कार्यालयले आर्थिक वर्ष २०७८÷७९ को कुल लक्ष्यको ८२ प्रतिशत बराबर प्रगति गरेको हो। कोरोना महामारी, स्थानीय निकायको निर्वाचन आदिका कारण अझै राजस्व संकलनमा अपेक्षा गरेअनुसारको प्रगति हासिल गर्न नपाएको कार्यालय प्रमुख काफ्लेले बताए। उनले कोरोना महामारीका कारण सीमानाका बन्द हुनु, स्थानीय निकायको निर्वाचनको प्रभाव पर्नु र छिमेकी देश भारतमा पनि भएको निर्वाचनको प्रभावका कारण अपेक्षाअनुसार राजस्व संकलन गर्न नपाएको बताए।  

जिल्लामा छोटी भन्सार कार्यालय र मुख्य भन्सार कार्यालयसहित आठवटा भन्सार कार्यालय रहेको भए पनि जिल्लाका दुई छोटी भन्सार कार्यालय मात्र सञ्चालन हुनु, कोरोना महामारीका कारण सीमानाका बन्द हुनु, स्थानीय निकाय निर्वाचनको प्रभाव पर्नु र भारतमा भएको निर्वाचनको प्रभावले अपेक्षाअनुरुप राजस्व संकलन हुन नसकेको कार्यालयले जनाएको छ।

जिल्लाबाट निकासी पैठारी, लिलामी र अस्थायी पैठारीलगायतका कामबाट आव २०७८/७९ मा ५२ करोड ८२ लाख राजस्व संकलन भएको कार्यालयले जनाएको छ। भन्सार कार्यालयले आव २०७८/७९ को साउनमा ३९ करोड ३३ लाख, भदौमा ५४ करोड ६१ लाख, असोजमा ५१ करोड ६३ लाख, कात्तिकमा ४६ करोड ८१ लाख, मङ्सिरमा ६३ करोड १९ लाख, पुसमा ६२ करोड ४४ लाख, माघमा ५४ करोड ५० लाख, फागुनमा ३५ करोड ६४ लाख र चैतमा २७ करोड ९२ लाख राजस्व संकलन गरेको छ।

त्यसैगरी वैशाखमा ३५ करोड ३१ लाख, जेठमा २८ करोड ३७ लाख र असारमा २८ करोड ४१ लाख राजस्व संकलन गरेको कार्यालय प्रमुख काफ्लेले जानकारी दिए। जिल्ला भन्सार कार्यालयले आव २०७७/७८ मा ६० करोड ५९ लाख र आव २०७६/७७ मा ३३ करोड ६६ लाख राजस्व संकलन गरेको थियो। रासस

प्रकाशित: ४ श्रावण २०७९ ०५:३७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App