८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
अर्थ

आव २०७८/०७९ मा ताप्लेजुङबाट साढे ७२ करोड बढी रकम फ्रिज

आर्थिक वर्ष २०७८/०७९ मा ताप्लेजुङबाट साढे ७२ करोड बढी रकम फ्रिज भएको छ। कोष तथा लेखा नियन्त्रक कार्यालय ताप्लेजुङले आव २०७८/०७९ को प्रारम्भिक वित्तीय अवस्था विश्लेषण गर्दै ७२ करोड ६१ लाख ७२ हजार १ सय ६५ रुपैयाँ फ्रिज भएको जानकारी दिएको छ।

कोष नियन्त्रक मदनकुमार पौडेलले यो तथ्याङ्क प्रारम्भिक रहेको जानकारी दिए। उनका अनुसार पुँजीगततर्फ ५९ करोड २६ लाख १६ हजार ५ सय ४ रुपैयाँ फ्रिज भएको छ। यस्तै चालूतर्फ १३ करोड ३५ लाख ५५ हजार ६ सय ६१ रुपैयाँ प्रिज भएको कोलेनिकाले जनाएको छ।

कोष नियन्त्रक पौडेलका अनुसार संघ र प्रदेशतर्फआव २०७८/०७९ मा चालूतर्फ कूल ४ अर्ब ८१ करोड ८८ लाख ५६ हजार ४० रुपैयाँ बजेट रहेकोमा ४ अर्ब ६८ करोड ५३ लाख ३ सय ७९ रुपैंया खर्च भएको छ। यस्तै पुँजीगततर्फ १ अर्ब २४ करोड ९१ लाख ४५ हजार ५ सय रुपैयाँ विनियोजन भएकोमा ६५ करोड ६५ लाख २८ हजार ९ सय ९६ रुपैयाँ मात्र खर्च भएको छ।

चालूतर्फ संघीय सरकारको बजेट विनियोजन अंक ४ अर्ब ४५ करोड ६४ लाख ७० हजार ४० रुपैयाँ रहेकोमा ४ अर्ब ३६ करोड ७ लाख ९३ हजार ९ सय ५ रुपैयाँ खर्च भएको छ। यो करिब ९७.८५ प्रतिशत हो। यस्तै प्रदेश सरकारको चालूतर्फको विनियोजित बजेट अंक ३६ करोड २३ लाख ८६ हजार रुपैयाँ रहेकोमा ३२ करोड ४५ लाख ६ हजार ४ सय ७४ रुपैयाँ खर्च भएको छ।

यो ८९.५५ प्रतिशत हो। यस्तै पुँजीगततर्फ संघीय सरकारको विनियोजित बजेट अंक १ अर्ब ५ करोड ८८ लाख २२ हजार ५ सय रुपैयाँ रहेकोमा ४९ करोड ७६ लाख २९ हजार ३ सय ८२ रुपैयाँ खर्च भएको छ। यो ४७ प्रतिशत मात्र हो। यस्तै प्रदेशतर्फ पुँजीगत बजेट अंक १८ करोड ३ लाख २३ हजार रुपैयाँ रहेकोमा १५ करोड ८८ लाख ९९ हजार ६ सय १४ रुपैयाँ खर्च भएको छ।

यो ८३.४९ प्रतिशत हो। संघीय र प्रदेश सरकार दुबैतर्फको खर्चको अवस्था हेर्दा औसतमा चालूतर्फ ९३.७ प्रतिशत र पुँजीगततर्फ ६२.२५ प्रतिशत खर्च भएको छ। यस्तै संघीय र प्रदेश सरकारबाट विनियोजित बजेटमध्ये चालू र पुँजीगत दुबैतर्फको औसत खर्च भने ७७.९८ प्रतिशत रहेको कोलेनिकाले जनाएको छ।

प्रकाशित: ३ श्रावण २०७९ ०८:५९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App