५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
अर्थ

‘एन आई सी एशिया सर्वश्रेष्ठ १० गुणा मुद्दती योजना’ साउन अन्तिमसम्म

 एनआईसी एसिया बैंकले निक्षेपको १० गुणासम्म प्राप्त हुने ‘एन आई सी एसिया सर्वश्रेष्ठ १० गुणा मुद्दती योजना’ साउन अन्तिमसम्म निरन्तरता दिने भएको छ।  

व्यक्तिगत, संस्थागत एवं रेमिटेन्स ग्राहक महानुभावहरू लक्षित गरेर ल्याइएको यस योजनामा देश एवं विदेशमा भएकाहरू एवं विभिन्न संस्थाहरूले देखाएका सहभागिता, रुचि एवं चासोलाई सम्मान गर्दै बैंकले उक्त योजनालाई साउन अन्तिमसम्मका लागि निरन्तरता दिने निर्णय गरेको हो। 

आम जनमानसको बैंकिङ आवश्यकता, चाहना तथा अपेक्षालाई समुचित पहिचान गरी तथा बजारको सूक्ष्म अध्ययन तथा विश्लेषण गरी आफ्ना निक्षेप योजनाहरूलाई सोही अनुरूप थप ग्राहकमैत्री एवं प्रभावकारी बनाउन बैंकले यो योजनालाई निरन्तरता दिने निर्णय गरेको बैंकले जनाएको छ।

प्रकाशित: ३ श्रावण २०७९ ०४:३४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App