१४ आश्विन २०८१ सोमबार
image/svg+xml
अर्थ

एनआईसी एसियाले सुरु गर्‍यो क्यास रिसाइकल सेवा

एनआईसी एसिया बैंकले अब नगद रकम सोझै मेसिनबाट जम्मा गर्न सकिने क्यास रिसाइकल सेवाको शुरुवात गरेको छ। यस सेवा मार्फत ग्राहकहरूले सहज रूपमा बैंकमा रहेको खातामा नगद रकम जम्मा गर्न सक्ने भएका छन्।

यस सेवाअन्तर्गत बैंकमा गई कुनै भौतिक फारम बिना ग्राहकहरूले आफ्नो डेबिट कार्ड वा खाता नम्बरको आधारमा मेसिनबाट सोझै रकम जम्मा गर्न सक्ने व्यवस्था रहेको बैंकले जनाएको छ। यस मेसिनबाट १ हजार र ५ सय रूपैयाँका नोटहरू मात्र जम्मा गर्न मिल्ने व्यवस्था रहेकोमा एक जना ग्राहकको खातामा दैनिक अधिकतम ९९ हजार ५ सय रूपैयाँसम्म नगद जम्मा गर्न सकिने सीमा रहेको बैंकले जानकारी दिएको छ।

बैंकको यस नयाँ सेवाबाट नगद जम्मा गर्नका लागि ग्राहकले क्यास रिसाइकल मेसिनमा डेबिट कार्ड राखेरएटिएम पिन कोड राखेपछि वा खाता नम्बर उल्लेख गरेपछि मेसिनमा रहेको रकम जम्मा गर्ने/राख्ने बक्स खुल्नेछ।

उक्त बक्समा आफूले जम्मा गर्न चाहेको नगद रकम राखेपछि मेसिनले सो रकम गनेर खातामा तत्काल सहज रूपमा मौज्दात गरिदिने र त्यसको जानकारी समेत ग्राहकहरूले एसएमएस तथा रिसिप्टमार्फत प्राप्त गर्ने व्यवस्था बैंकले गरेको छ।

बैंकले यो सेवा हालको लागि आफ्नो कर्पोरेट अफिस शाखा, थापाथलीमा सञ्चालन गरेको रयस सेवालाई निकट भविष्यमा देशका अन्य शाखाहरूमा समेत विस्तार गर्ने योेजना बनाइरहेको हुँदा नगद जम्मा गर्नकै लागि भौतिक फारम भरी बैंकको नगद काउन्टरमा लाइन लागेर जम्मा गर्नुपर्ने अवस्थाबाट ग्राहकलाई मुक्ति मिल्ने बैंकले विश्वास लिएको छ।

प्रकाशित: २९ असार २०७९ ०५:२५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App