३१ वैशाख २०८१ सोमबार
image/svg+xml
अर्थ

सगरमाथा इन्स्योरेन्सद्वारा १२ करोड दाबी भुक्तानी

सगरमाथा इन्स्योरेन्स कम्पनीले १२ करोड रूपैयाँ दाबी भुक्तानी गरेको छ। कम्पनीले गत आर्थिक वर्ष २०७५ मा आएको बाढी पहिरोको कारणले भएको क्षतिअन्तर्गत दाबी बापत मादीपावर प्रालिलाई १२ करोड ३ लाख ९ हजार ३ सय ५२ रूपैयाँ दाबी भुक्तानी गरेको जनाएको छ।

सगरमाथा इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले मादीपावरका महाप्रबन्धक वई जुनचाओलाई उक्त रकम बराबरको चेक हस्ताणतरण गरेका थिए। इन्स्योरेन्स कम्पनी दाबी भुक्तानीमा संवेदशील रही आफ्नो ग्राहकहरूलाई यथाशक्य चाँडै दाबी भुक्तानी गर्न प्रयत्नशील रहीआएको जनाएको छ। 

प्रकाशित: २७ असार २०७९ ०१:३८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App