१ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
अर्थ

एनएमबीद्वारा भवन पुनःनिर्माण

एनएमबी बैंकले सुर्खेतको सामुदायिक विद्यालयको भवन पुनः निर्माण गरेको छ। बैंकले सामाजिक दायित्वअन्तर्गत विरेन्द्रनगर सुर्खेत–१६ स्थित सरस्वती प्राथमिक विद्यालयको छानामाथिको पुनःसंरचना/सम्भार र कक्षा कोठाको मर्मत सम्भार गरेको हो।

बैंकले ४ वटा कोठाको पुनः निर्माण गरी विद्यालयलाई हस्तान्तरण गरेको हो। गत जेठमा आएको हावाहुरीले उक्त विद्यालयको जस्ताको छाना उडाएपछि विद्यार्थीहरू खुला चौरमै पढ्न बाध्य थिए। बैंकका क्षेत्रीय प्रवन्धक प्याकुरेलले यस सहकार्यले विद्यार्थीहरूको पठन पाठनमा सहज हुने विश्वास व्यक्त गरेका छन्।

बैंकले वित्तीय कारोबार मात्र गर्ने थाहा भए पनि सामाजिक कार्यमा सहयोग गर्ने कुराले आफूहरू हर्षित भएको विद्यालयका प्रधानाध्यापक खड्कबहादुर खड्काले बताए। उनले यो सामाजिक कार्य बैंकको सहकार्यले सम्पन भएकोमा शिक्षक, विद्यार्थी र अभिभावकमा खुसी छाएको बताए।  

प्रकाशित: २३ असार २०७९ ०१:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App