२२ असार २०८१ शनिबार
image/svg+xml
अर्थ

मधेस सरकारले सहिद परिवारलाई मासिक २१ हजार रुपैयाँ दिने

मधेसी दलको नेतृत्वमा भएको मधेस आन्दोलन र माओवादीले गरेको १० वर्षे जनयुद्धमा सहादत प्राप्त गरेका सहिद परिवारलाई मधेस सरकारले मासिक २१ हजार रुपैयाँ दिने निर्णय गरेको छ।

आर्थिक अवस्था कमजोर रहेको परिवारलाई प्राथमिकता राखेर सहिद परिवारलाई भरणपोषण बापत महिनाको २१ हजार रुपैयाँ दिने निर्णय गरेको गृह तथा सञ्चार मन्त्रालय अन्तर्गत रहेको मधेशी सहिद प्रतिष्ठानले जनाएको छ।

त्यस्तै मधेस सरकारले सहिदका सन्तानलाई अध्यनको लागि छात्रवृत्ति दिने प्रतिष्ठानले जनाएको छ। भरणपोषण तथा छात्रवृत्ति सम्बन्धी कार्यविधिक २०७९ को दफा (६) बमोजिम मधेश आन्दोलन र जनयुद्धमा सहिद भइ आर्थिक अवस्था कमजोर रहेको परिवारलाई प्राथमिकतामा राखी मासिक २१ हजार रुपैयाँ दिने मधेसी सहिद प्रतिष्ठानले निर्णय गरेको हो।

सहिदका सन्तानलाई कक्षा १ देखि ६ सम्म १६ हजार रुपैयाँ र कक्षा ७ देखि १२ सम्म १८ हजार रुपैयाँ वार्षिक रुपमा छात्रवृत्ति दिने गृह तथा संचार मन्त्रालयले जनाएको छ।

भरणपोषण भत्ता लिन र छात्रवृत्ति प्राप्त गर्नको लागि यहीँ जेष्ठ १० देखि १७ गतेसम्म आवेदन दिन मन्त्रालयले सहिद परिवारहरुलाई आह्वान गरेको छ।

प्रकाशित: १६ असार २०७९ ०९:०३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App