१२ असार २०८१ बुधबार
image/svg+xml
अर्थ

काठमाडौं महानगरपालिकाले कुन क्षेत्रलाई कति बजेट छुट्यायो?

काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि कुल २५ अर्ब, ४१ करोड, ९६ लाख, ९६ हजार रुपैयाँको बजेट विनियोजन गरेको छ।

शुक्रबार महानगरपालिले आर्थिक वर्ष २०७९/०८० को लागि कुल २५ अर्ब, ४१ करोड, ९६ लाख, ९६ हजार अनुमानित बजेट तथा कार्यक्रम तयार पारेको हो। 

आगामी आर्थिक वर्षको बजेट विनियोजनबारे जानकारी गराउँदै महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले बजेट अन्तर्गत महानगरपालिकाको सञ्चित कोषमा जम्मा हुने २२ अर्ब, ३६ करोड, ९५ लाख, ४९ हजार र सामाजिक सुरक्षा भत्ता लगायत नेपाल सरकार, प्रदेश सरकार र जग्गा एकीकरण आयोजनाहरुबाट हुने आम्दानी, स्थानीय सञ्चित कोष बाहेकको बजेटमा समावेश हुने कुल ३ अर्ब, ५ करोड, १ लाख, ४७ हजार गरी कुल आगामी आर्थिक वर्षका लागि २५ अर्ब, ४१ करोड, ९६ लाख, ९६ हजार रुपैयाँको बजेट ल्याएको जानकारी दिइन्। 

उनले स्थानीय सञ्चित कोषबाट खर्च हुने रकममध्ये आर्थिक विकास क्षेत्र अन्तर्गतका कार्यक्रमका लागि ५० करोड, २१ लाख, २४ हजार, कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रका लागि ४ अर्ब, ६८ करोड, ९८ लाख ६० हजार र पूर्वाधार विकास क्षेत्रका लागि ११ अर्ब, ८ करोड, ८९ लाख, ३ हजार बजेट विनियोजन गरिएको बताइन्। 

उपप्रमुख डंगोलले सामाजिक विकास क्षेत्रको लागि १ अर्ब, ६२ करोड, २८ लाख, २२ हजार, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रका लागि ४ अर्ब, ४६ करोड, ५८ लाख, ४० हजार बजेट विनियोजन गरेको बताइन्। उनले नेपाल सरकार र प्रदेश सरकारबाट प्राप्त हुने सशर्त अनुदानतर्फ १ अर्ब, ३१ करोड, ३७ लाख, ६ हजारको श्रोत सुनिश्चित भएको पनि बताइन्। उपप्रमुख डंगोलले काठमाडौं महानगपालिकाको आर्थिक वर्ष २०७९/०८० को लागि २२ अर्ब, ३६ करोड,९५ लाख, ४९ हजार आम्दानी हुने प्रक्षेपण गरिएको बताइन्।  

उनले भनिन्, ‘आगामी आर्थिक वर्ष २०७९/०८० को लागि कुल २५ अर्ब, ४१ करोड, ९६ लाख, ९६ हजार अनुमानित बजेट तथा कार्यक्रम तयार गरिएको छ। यसअन्तर्गत महानगरपालिकाको सञ्चित कोषमा जम्मा हुने २२ अर्ब, ३६ करोड, ९५ लाख, ४९ हजार र सामाजिक सुरक्षा भत्ता लगायत नेपाल सरकार, प्रदेश सरकार र जग्गा एकीकरण आयोजनाहरुबाट हुने आम्दानी, स्थानीय सञ्चित कोष बाहेकको बजेटमा समावेश हुने कुल ३ अर्ब, ५ करोड, १ लाख, ४७ हजार रहेको छ। स्थानीय सञ्चित कोषबाट खर्च हुने रकममध्ये आर्थिक विकास क्षेत्र अन्तर्गतका कार्यक्रमका लागि ५० करोड, २१ लाख, २४ हजार विनियोजन गरिएको छ। जुन कुल बजेटको २.२४ प्रतिशत हुन आउँछ। कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रका लागि ४ अर्ब, ६८ करोड, ९८ लाख ६० हजार विनियोजन गरिएको छ। यो कुल बजेटको २०.९६ प्रतिशत हो। पूर्वाधार विकास क्षेत्रका लागि ११ अर्ब, ८ करोड, ८९ लाख, ३ हजार बजेट विनियोजन गरिएको छ। जुन कुल बजेटको ४९.५७ प्रतिशत हो। सामाजिक विकास क्षेत्रको लागि १ अर्ब, ६२ करोड, २८ लाख, २२ हजार बजेट विनियोजन गरिएको छ। कुल बजेटको ७.२५ प्रतिशत हुन आउँछ। सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रका लागि ४ अर्ब, ४६ करोड, ५८ लाख, ४० हजार बजेट विनियोजन गरिएको छ। जुन कुल बजेटको १९.९६ प्रतिशत हुन आउँछ। नेपाल सरकार र प्रदेश सरकारबाट प्राप्त हुने सशर्त अनुदानतर्फ १ अर्ब, ३१ करोड, ३७ लाख, ६ हजारको श्रोत सुनिश्चित भएको छ। काठमाडौं महानगपालिकाको आर्थिक वर्ष २०७९/०८० को लागि २२ अर्ब, ३६ करोड,९५ लाख, ४९ हजार आम्दानी हुने प्रक्षेपण गरिएको छ।’

चालु आर्थिक वर्ष २०७८/०७९ मा महानगरले कुल १६ अर्ब २६ करोड २६ हजार रुपैयाँको बजेट विनियोजन गरेको थियो। जसमा जेठ मसान्तसम्म चालुतर्फ ३ अर्ब ५१ करोड ७८ लाख १८ हजार रुपैयाँ खर्च भएको छ भने पुँजीगत एवं पूर्वाधारतर्फ २ अर्ब २६ करोड ८१ लाख ४६ हजार रुपैयाँ र वित्तियतर्फ १८ करोड रुपैयाँ गरी कुल ५ अर्ब ९६ करोड ५९ लाख ६४ हजार खर्च भएको छ। जुन अनुमानित खर्चको ३६.६९ प्रतिशत हो। 

प्रकाशित: १० असार २०७९ ११:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App