देशभरका स्थानीय सरकारले आज (शुक्रबार) बजेट ल्याउँदै छन्।
स्थानीय सरकारले असार १० गतेभित्र आगामी आर्थिक वर्षको बजेट ल्याउनुपर्ने कानुनी व्यवस्था अनुसार आज आर्थिक वर्ष २०७९/०८० को बजेट ल्याउन लागेका हुन्।
अन्तर–सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ को परिच्छेद ७ को दफा २१ को उपदफा ३ मा गाउँ कार्यपालिका र नगर कार्यपालिकाले प्रत्येक वर्ष असार महिनाको १० गतेभित्र आगामी आवको राजस्व र व्यायको अनुमान सम्बन्धित गाउँ वा नगरसभामा पेस गर्नुपर्ने व्यवस्था छ।
प्रकाशित: १० असार २०७९ ०४:२४ शुक्रबार