२३ भाद्र २०८१ आइतबार
image/svg+xml
अर्थ

पाँच सय बढ्यो आज सुनको मूल्य

आज सुनको मूल्य पाँच सय रुपैयाँले बढेको छ। आज सुनको मूल्य तोलामा ९७ हजार ८ सय रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। बिहीबार सुनको मूल्य ९७ हजार ३ सय रुपैयाँ थियो।

यस्तै, तेजाबी सुनको मूल्यमा पनि आज पाँच सय रुपैयाँले नै बढ्दै ९७ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। तोलामा १० रुपैयाँले बढेर चाँदी १ हजार २ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ।

प्रकाशित: ३ असार २०७९ ०६:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App