४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अर्थ

जापानद्वारा नयाँ कक्षाकोठा हस्तान्तरण

जापान सरकारले नवनिर्मित कक्षाकोठा हस्तान्तरण गरेको छ। जापानको ग्रासरुट ह्युमन सेक्युरिटी प्रोजेक्ट्सको अनुदान सहयोग अन्तर्गत मिसन प्रमुख तमुरा ताकाहिरोको उपस्थितिमा झापा जिल्लाको लक्ष्मीनारायण माविलाई जापान सरकारले नवनिर्मित कक्षाकोठा हस्तान्तरण गरेको हो।

ग्रास रुट ह्युमन सेक्युरिटी प्रोजेक्ट्सको अनुदान सहयोग अन्तर्गत १ लाख १८ हजार ८ सय ७० अमेरिकी डलरको सहयोगमा नयाँ भवन निर्माण गरिएको हो। मिसन प्रमुख ताकाहिरोले दूतावाससँग मिलेर सम्पन्न भएको परियोजनाले उक्त क्षेत्रका बालबालिकाको शिक्षामा सुधार ल्याउने विश्वास लिएको बताए। उनले विद्यार्थीका लागि शैक्षिक वातावरण सुधार गरी पर्याप्त शैक्षिक स्रोत तथा साधनहरू सहयोग गर्न जापन सरकार सदैव सकारात्मक रहेको बताए। यस परियोजनाले नेपाल–जापान बीचको मित्रता थप प्रगाढ बन्ने बताउँदै आगामी दिनहरूमा पनि दूतावासले निरन्तर सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे।

लक्ष्मीनारायण मावि झापा जिल्लाको एक सार्वजनिक विद्यालय हो। सन् १९६७ मा स्थापना भएको यस विद्यालयमा कक्षा १२ सम्म पढाइ हुने गदर्छ।

प्रकाशित: २६ जेष्ठ २०७९ ०४:४८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App