२२ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
अर्थ

नेपाल बैंकको बजेट गोष्ठी सम्पन्न

नेपाल बैंक लिमिटेडले आर्थिक वर्ष २०७९/८० को बजेट तथा कार्यक्रम तय गर्ने उद्देश्यले गण्डकी र सुदूर पश्चिम प्रदेशको प्रदेश स्तरीय बजेट गोष्ठी तथा तालिम कार्यक्रम सम्पन्न गरेको छ।

प्रधान कार्यालय बजेट तथा योजना विभाग र तालिम तथा विकास डिभिजनले संयुक्त रूपमा आयोजना गरेको उक्त बजेट गोष्ठीमा सहभागी शाखा प्रबन्धकहरूलाई सफ्ट स्किल डेभलेपमेन्ट सम्बन्धी तालिम प्रदान गरेको थियो। बैंक व्यवस्थापनले शाखाहरूसँग अन्तरक्रिया गरी शाखा प्रबन्धकहरूबाट प्राप्त सल्लाह एवं सुझावहरू समेटेर बजेट निर्माण गर्दा त्यसको प्रभावकारिता बढी हुने बताए।

साथै आगामी आर्थिक वर्षमा बैंकले लिने निक्षेप तथा कर्जाको लक्ष्य, ग्राहक सेवा तथा बजारीकरणमा गर्नुपर्ने नीति तथा रणनीति लगायतका विषयहरूमा छलफल गरी सो सम्बन्धमा आवश्यक कार्यक्रमहरू तय गर्न सहज हुने देखिएकोले यस्ता कार्यक्रमहरू प्रत्येक वर्ष आयोजना गरिंदै आएको बैंकले जनाएको छ।

बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले नेपाल बैंकको हालको जनशक्ति भनेको नेपालको बैंकिङ क्षेत्रकै क्रिम तथा युवा जनशक्ति भएको उल्लेख बताए। उनले यही जनशक्तिको कडा मेहनेतले गर्दा नै नैपाल बैंक आज अत्यन्त सबल र प्रतिस्पर्धी बैंकको रूपमा अगाडि आएको विचार व्यक्त गरे।

प्रकाशित: २४ जेष्ठ २०७९ ०७:४३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App