४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अर्थ

भ्रष्टाचार घटाउने जिम्मेवारी लेखा व्यवसायीको

उपराष्ट्रपति नन्दबहादुर पुनले मुलुकको विकास र समृद्धिका लागि सबै निकायमा भ्रष्टाचार न्यूनीकरण र जवाफदेहिता अनिवार्य भएको बताएका छन्। नेपाल अडिटर्स एशोसिएसन(अडान) को शुक्रबार भएको छैठौं राष्ट्रिय महाधिवेशनमा पुनले भ्रष्टाचार घटाउन लेखा व्यवसायीहरूको महत्वपूर्ण जिम्मेवारी भएको बताए।

लेखाव्यवसायीहरू प्रति समाज, राष्ट्र, स्वदेशी तथा विदेशी लगानीकर्ता, उद्योग व्यवसायी, सामाजिक संघ संस्थाहरूको ठूलो अपेक्षा र विश्वास रहेकाले जनताको अपेक्षालाई सर्वोपरीमा राखेर काम गर्नुपर्ने उनले बताए।

महालेखापरीक्षक टंकमणि शर्मा दंगालले आर्थिक क्षेत्रलाई सुशासन र समृद्ध बनाउन अडानको भूमिका सकारात्मक रहेको जानकारी दिए।

यस्तै नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाका अध्यक्ष युद्धराज ओलीले देशको आर्थिक अवस्था र लेखाव्यवसायका सबालमा आईक्यान सधैं अडान र लेखापरीक्षकसँग हातेमालो गर्दै अघि बढिरहेको बताए।

अडानका संस्थापक अध्यक्ष कमल खरेल र अध्यक्ष मोहनराज रेग्मीले संस्थाको विगत र लेखापरीक्षकका सबालमा अडानले २०६३ साल देखि निरन्तर खेलेको भूमिकाका सन्दर्भमा जानकारी दिए। छैठौं महाधिवेशनले १९ बुँदे घोषणापत्र जारी गर्दै अगामी ३ वर्षका लागि केदारनाथ पौडेलको अध्यक्षतामा ८१ सदस्यीय केन्द्रीय कार्य समिति निर्वाचित गरेको छ। राष्ट्रिय महाधिवेशनमा अडानका देशभरका ५ सय प्रतिनिधि र २ सय पर्यवेक्षकको सहभागिता रहेको थियो।

प्रकाशित: २३ जेष्ठ २०७९ १०:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App