२३ भाद्र २०८१ आइतबार
image/svg+xml
अर्थ

आज सामान्य बढ्यो सुनको मूल्य, कारोबार कतिमा?

आज सुनको मूल्य प्रतितोला ९८ हजार १ सय रुपैयाँ तोकिएको छ। अघिल्लो दिन प्रतितोला ९७ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज प्रतितोला २ सय रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ६ सय रुपैयाँ छ। यसको मूल्य अघिल्लो दिन प्रतितोला ९७ हजार ४ सय रुपैयाँ थियो।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १५ रुपैयाँले बढेर एक हजार २ सय ९० रुपैयाँ तोकिएको महासंघले जनाएको छ। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८५४ डलर आसपास कारोबार भइरहेको छ।

प्रकाशित: २३ जेष्ठ २०७९ ०६:०६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App