२० असार २०८१ बिहीबार
image/svg+xml
अर्थ

बजेट निजी क्षेत्रमुखी भएकोमा एशोसिएसन खुसी

गत जेठ १५ गते संघीय संसद्को दुबै सदनमा प्रस्तुत भएको वार्षिक बजेटमा फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएसन अफ नेपालले विगतमा उठाउँदै आएका विषयहरूमध्ये केही विषय सम्बोधन भएकोमा एशोसिएसनले खुसी व्यक्त गरेको छ।

फुटवेयर संघका अध्यक्ष नानीराज घिमिरेले बजेटले आयातलाई निरुत्साहित गर्दै स्वदेशी वस्तुको बृहत् उत्पादन, बजारीकरण, प्रयोग एवं निकासी प्रवर्द्धनका लागि निजी क्षेत्रलाई समेटेको बताए। उनले निजी क्षेत्रको सहकार्यमा मेड इन नेपाल र मेक इन नेपाल अभियान सञ्चालन गर्दा जुत्ता चप्पलको क्षेत्र पनि आत्मनिर्भर बन्न सक्ने विषय बजेटमा महत्वका साथ उल्लेख गरिनुले यस क्षेत्रका उद्योगी व्यवसायीलाई थप उत्साहित बनाएको बताए।

यसैगरी स्वदेशमा उत्पादित जुत्ता चप्पल निर्यातमा दिइने अनुदानमा वृद्धि, बैंकबाट प्रवाह गरिने ऋणमा औद्योगिक र व्यावसायीक रूपमा वर्गीकरण गरी औद्योगिक ऋणमा विशेष सहुलियत दिने, रोजगारी सिर्जना गर्न कार्यस्थलमा आधारित तालिमका निमित्त बजेट विनियोजन लगायतका विषयहरू सकारात्मक रहेको उनले बताए।

बजेटमा उल्लेख भएका विषय कार्र्यान्वयन तहमा आइपुग्दा फरक अर्थमा व्यख्या हुने र कार्यान्वयन हुन नसक्ने चुनैती रहेकोमा उल्लेखित विषय तत्काल कार्यान्वयनमा ल्याउन सम्बद्ध पक्षसँग एशोसिएसनले अपिल समेत गरेको छ। 

प्रकाशित: २० जेष्ठ २०७९ ०३:३८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App