२० असार २०८१ बिहीबार
image/svg+xml
अर्थ

आइएमईको ‘हर्षको २२ वर्ष एस २२ मोबाइल नै पर्छ’ योजना सार्वजनिक

आइएमईले स्थापनाको २२ औं वर्ष प्रवेशको पूर्वसन्ध्यामा सेवाग्राहीहरूलाई लक्षित गरी ‘हर्षको २२ वर्ष एस २२ मोबाइल नै पर्छ ’ योजना सार्वजनिक गरेको छ।

योजना अन्तर्गत देश तथा विदेशबाट आइएमई मार्फत पठाइएको रकम नेपालभरि छरिएका एजेन्ट/सव एजेन्ट आउटलेट मार्फत प्राप्त गर्दा, बैंक ट्रान्सफर गर्दा वा आइएमई पे वालेटमा प्राप्त गर्दा हरेक हप्ता ५ जना विजेता रहने गरी यो योजना अवधिभरि जम्मा २० जना विजेताहरूले स्मार्ट घडी र बम्परमा १ भाग्यशाली विजेताले सामसुङ एस २२ मोबाइल पाउने कम्पनीले जनाएको छ। यो योजनामा सहभागी हुनुभएका सेवाग्राहीहरू मध्ये कूल २१ जना विजेताहरू लाभान्वित हुनेछन् भने यसका विजेताहरू सिस्टममा आधारित स्वचालित लक्की ड्र प्रणालीद्वारा निर्धारण गरिनेछ।

आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेलले आइएमईको २२ वर्षसम्मको व्यावसायिक यात्राको यो विशेष अवसरलाई लक्षित गरी तयार पारिएको कार्यक्रमले सेवाग्राही र आइएमई बीचको सम्बन्धलाई अझ मजबुत बनाउन भूमिका निर्वाह गर्ने विश्वास गरेका छन्।

यो योजना यही जेठ १५ जेठदेखि १५ असार २०७९ सम्म जम्मा ३० दिनका लागि कायम रहनेछ।  

प्रकाशित: १९ जेष्ठ २०७९ ०२:०८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App