५ आश्विन २०८१ शनिबार
image/svg+xml
अर्थ

कृषिको समावेशी रूपान्तरणका लागि मूल्य शृङ्खला कार्यक्रम

कृषि विकास बैंकद्वारा सञ्चालन हुन लागेको कृषिको समावेशी रूपान्तरणका लागि मूल्य शृङ्खला कार्यक्रम विधिवत रूपमा सुरु भएको छ।

कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोषको वित्तीय सहयोगमा नेपाल सरकार अर्थ मन्त्रालय मार्फत कृषि विकास बैंकले उक्त कार्यक्रम सुरु गरेको हो। महोत्तरीको बर्दिवासमा भएको उक्त कार्यक्रममा बैंकको प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायको अध्यक्षतामा र मधेश प्रदेश योजना आयोगका माननीय उपाध्यक्ष डा.भोगेन्द्र झाको प्रमुख आतिथ्यमा शुरु भएको हो।

उक्त कार्यक्रममा प्रमुख अतिथि डा.झाले प्रविधि, वित्तीय पहुँच तथा बजारिकरणको माध्यमद्वारा परम्परागत रूपमा रहेको निर्वाहमुखी कृषि प्रणालीलाई रूपान्तरण गरी व्यावसायिक कृषि प्रणालीमा जानु आजको आवश्यकता रहेका बताए।

यस्तै बैंकका प्रमुख कार्यकारी अधिकृत उपाध्यायले मधेश प्रदेशका कृषिको संभावना प्रशस्त रहेको र यस कार्यक्रमले सहुलियतपूर्ण कर्जाको रूपमा सही तरीकाले आपूर्तिकर्ता, कृषक, प्रशोधनकर्ताहरूलाई बजार मागको अधारमा मूल्य शृङ्खलामा आवद्ध गराइ लगानी गर्ने प्रतिबद्धता व्यक्त गरे।

बैंकका उपमहाप्रबन्धक बाबुकाजी थापाले कार्यक्रमबारे विस्तृत जानकारी दिंदै आयोजनाबाट प्राप्त हुने अपेक्षित उपलब्धिहरू, लक्षित समूह, लाभान्वित संख्या, मूल्य शृङ्खला विकासका लागि लक्षित कृषि वस्तुहरू तथा कार्यक्रम सञ्चालनका प्रमुख आर्थिक स्रोतहरूको सम्बन्धमा बताए।

प्रकाशित: १९ जेष्ठ २०७९ ०१:१२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App