१४ असार २०८१ शुक्रबार
image/svg+xml
अर्थ

बस्नेतद्वारा बजेटलाई श्रेयको दौड नबनाउन आग्रह

प्रतिनिधि सभा सदस्य शक्तिबहादुर बस्नेतले बजेटलाई श्रेयको दौड नबनाउन प्रतिपक्षसँग आग्रह गरेका छन्। बुधबार प्रतिनिधि सभामा आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटमाथिको छलफलमा बोल्दै उनले बजेटलाई श्रेयको दौड बनाइनु नहुने बताए।

उनले अर्थमन्त्रीद्वारा प्रस्तुत बजेटका हरेक बुँदाको नियत के हो भनेर सोध्ने छलफलले कतै नपुगिने बताए। सत्तारुढ दलका सांसद बस्नेतले प्रतिपक्ष दलका सांसदहरुले पपुलिष्ट बजेट भनेर चर्चा गर्नुको अर्थ नरहेको पनि स्पष्ट पारे।

उनले उत्पादनवृद्धि, रोजगार अभिवृद्धिसहित आत्मनिर्भर अर्थतन्त्रलाई प्राथमिकताको केन्द्रमा राखेर बजेट प्रस्तुत गरिएको बताए। सांसद बस्नेतले आगामी आर्थिक वर्षको बजेट आर्थिक विकासको नयाँ मोडलको रुपमा आएको पनि उल्लेख गरे। 

प्रकाशित: १८ जेष्ठ २०७९ ०७:४२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App