६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
अर्थ

एनएमबी बैंकद्वारा माइती नेपालमा वित्तीय साक्षरता कार्यक्रम

एनएमबी बैंकद्वारा माइती नेपालका दिदीबहिनीहरूलाई वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा माइती नेपालका ५३ जना दिदिबहिनीहरूको उपस्थिति रहेको थियो।

बैंकको लघुवित्त विभागद्वारा आयोजित उक्त कार्यक्रममा उपस्थित दिदीबहिनीहरूलाई उत्प्रेरणा दिंदै बचत, लगानी, विभिन्न प्रकारका कर्जाहरू तथा बैंकबाट प्राप्त गर्न सकिने अन्य विभिन्न सेवाहरूको विषयमा वित्तीय शिक्षा प्रदान गरिएको थियो।

कार्यक्रममा माइती नेपालको तर्फबाट संस्थापक अनुराधा कोइराला, कार्यकारी सञ्चालक विश्वराम खड्का, कार्यक्रम सञ्चालक युवराज कोइरालाको उपस्थिति रहेको थियो भने एनएमबी बैंकका तर्फबाट कर्मचारीहरू डा. बुद्धि मल्ल, शरद पौडेल र नवीन पन्थीको उपस्थिति रहेको थियो।

गत वर्ष महिला उद्यमशील सहुलियतपूर्ण कर्जा लगानी गर्नेमा अग्रणी बैंक बनेको यस बैंकले नारी सशक्तिकरणको लागि विभिन्न समयमा विभिन्न महिला समूहरूलाई वित्तीय साक्षरता कार्यक्रमहरू आयोजना गर्दै आइरहेको बताए।

माइती नेपालका दिदीबहिनीहरू लक्षित यस कार्यक्रमले उनीहरूमा वित्तीय ज्ञान प्राप्त भई आत्मनिर्भर बन्न सघाउ भई समग्र अर्थतन्त्रलाई नै सकारात्मक प्रभाव पर्ने विश्वास बैंकले लिएको छ। साथै बैंक र माइती नेपाल दुवै संस्थाले भविष्यमा पनि यस्ता वित्तीय साक्षरता कार्यक्रम तथा अन्य सम्भावित कार्यक्रमहरूमा सहकार्य गर्ने भएका छन्।

प्रकाशित: ८ जेष्ठ २०७९ ०३:४३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App