१९ असार २०८१ बुधबार
image/svg+xml
अर्थ

ग्लोबल आइएमई र ऊर्जा प्रवर्द्धन केन्द्रबीच सम्झौता

ग्लोबल आइएमई बैँक लिमिटेड तथा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र बीच विभिन्न सौर्य मिनी ग्रिड परियोजनाहरूको निर्माण सम्बन्धमा सम्झौता भएको छ।

ग्लोबल आइएमई बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य तथा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक मधुसुधन अधिकारीले ऋण सम्झौता पत्रमा बुधबार हस्ताक्षर गरेका हुन्।

प्राइभेट सेक्टर लेड मिनि ग्रिड इनर्जी एक्सेस प्रोजेक्ट सम्बन्धमा भएको सहायक ऋण सम्झौता बमोजिम आयोजना कार्यान्वयनको लागि केन्द्रले बैंकलाई रकम उपलब्ध गराउने सम्झौतापत्रमा उल्लेख गरिएको छ ।

उक्त रकम ग्लोबल आइएमई बैंकले १०० किलोवाट सौर्य मिनी ग्रिड परियोजना निर्माण/जडान तथा विद्युत् वितरण कार्यका लागि ऋणको रूपमा उपलब्ध गराउने छ। बैंकले यस्ता किसिमका परियोजनाहरूमा लगानी गर्नुका साथ साथै साना तथा मझौला व्यवसायलाई प्रवर्द्धन गर्न विभिन्न वित्तीय सुविधाहरू प्रदान गर्दै व्यवसाय वृद्धिको लागि सहयोग गर्ने लक्ष्य लिइएको छ। यस सम्झौताअन्तर्गत देशको दूर दराजमा सञ्चालन हुने साना परियोजनाहरूलाई विभिन्न बैंकिङ सुविधा प्रदान गरिने छ।

प्रकाशित: २३ वैशाख २०७९ ०२:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App